लकडाउनमा १०१ किलो तौल बढ्योः खुकुलो भएपछि हिँड्न सकेनन्, अस्पताल भर्ना
लकडाउनमा धेरैजनाको तौल बढिरहेको सुन्ने र देख्ने गरेका छौं तर कोरोनाको उत्पत्ति स्थल ऊहानको यो घटना भने असाधारण छ । यहाँ पाँच महिनाको लकडाउनका बेला २६ वर्षका झाउको तौल १ सय १ किलो बढेको छ । अत्यधिक तौल बढेका कारण उनलाई सास फर्न समस्या भयो । झाउ एक साइबर क्याफेमा काम गर्छन् । उनी पहिले नै बढ्दो तौलका कारण तनावमा थिए तर चीनमा निकै कडा रुपमा लागू गरिएको लकडाउनको क्रममा उनको तौल तीब्र रुपमा बढ्दै गयो ।
डिसेम्बरमा १७७ किलो थियो तौलः
डिसेम्बरमा झाउको तौल १७७ किलो थियो । लकडाउनका क्रममा पछिल्लो पाँच महिनामा उनको तौल २७८ पुग्यो । ८ अप्रिलमा जब चीनमा लकडाउन हटाइयो झाउ आफ्नो बढ्दो तौलका कारण हिँड्डुल गर्न सकिरहेका थिएनन् । सास फर्न समस्या भइरहेको थियो । उनलाई अस्पताल नै भर्ना गर्नुपर्ने भयो ।
४८ घण्टासम्म निद्रा लागेनः
ऊहान युनिभर्सिटीको झान्गनेन अस्पतालमा झाउको उपचारमा संलग्न डाक्टरले आफूलाई ३१ मे मा बिरामीको फोन आएको र उनलाई ४८ घण्टादेखि निद्रा नलागेको जानकारी दिएको बताए । उनका अनुसार बिरामीलाई सास फेर्न गाह्रो भइरहेको थियो र निकै मुश्किलले कुरा गरिरहेका थिए । त्यसको भोलिपल्ट स्वास्थ्यकर्मीको टोली उनको घर पुगेको डाक्टरले जानकारी दिए ।
१० व्यक्तिको सहयोगमा अस्पताल पुर्याइयोः
झाउललाई ६ सुरक्षाकर्मी र ४ स्वास्थ्यकर्मीको मद्दतमा अस्पताल पुर्याइएको हो । परीक्षणपश्चात् उनको ‘हार्ट फेल्योर र रेस्टिरेटरी डिसफङ्सन’ भएको पत्ता लाग्यो । चिनियाँ मिडियाका अनुसार ९ दिनसम्म २४ घण्टा स्वास्थ्यकर्मीको हेरविचारमा अब झाउको स्थिती सुधारोन्मुख छ ।
शल्यक्रियापश्चात् सुध्रियो स्थितीः
तौल कम गर्नका लागि झाउको शल्यक्रिया भएको छ । शल्यक्रियाको क्रममा एउटा हिस्सा हटाइएको छ । डाक्टरका अनुसार अबको तीन महिनामा झाउले २४ किलो तौल घटाउनु पर्नेछ । यसमार्फत् शल्यक्रियाको खतरा घट्ने गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण