लुइज भिलेन बन्दा १० खेलाडीमा सिमित आर्सनलमाथि सिटी हावी
खेलमा निकै कमजोर प्रदर्शन गरेका डेभिड लुइज रातो कार्ड खाँदै मैदानबाट बाहिरिनु परेपछि म्यान्चेस्टर सिटीले आर्सनमाथि ३–० को सहज सिजन हासिल गरेको छ ।
कोरोनाभाइरसको महामारीका कारण स्थगित बनेको प्रिमियर लिग बुधबारबाट दर्शक बिना नै बन्द स्टेडियमभित्र पुनः सुरुवात भएको छ ।
पहिलो हाफमा स्बस्टिच्युटका रुपमा मैदान प्रवेश गरेका लुइजको गल्तीको फाइदा उठाउँदै राहिम स्टर्लिङले इन्जुरी समयमा सिटीलाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफको सुरुवातमा लुइजले रियाद महारेजलाई लडाएपछि सिटीले पेनाल्टी पायो भने लुइजले रातो काड खाँदै मैदान छाड्नुपर्यो । पेनाल्टीलाई केभिन डी ब्रुयनाले सजिलै गोलमा परिणत गरे ।
खेलको अन्यमा फिल फोडेनले सिटीका लागि तेस्रो गोल गर्दै सिटीलाई सहज जित दिलाए । सिटीले सबै प्रतियोगितामा आर्सनलमाथि लगातार सातौँ खेल जित्न सफल भएको छ । यता, आर्सनल भने प्रिमियर लिगमा घरेलु मैदानबाहिर खेलिएका पछिल्ला २६ खेलमा शीर्ष ६ टोलीविरुद्ध जीतविहीन रहेको छ ।
जीतपछि सिटी लिगको दोस्रो स्थानमा कायम रहेको छ । आर्सनल भने नवौँ स्थानमा सिमित बनेको छ ।
बुधबार भएको अन्य खेलमा एस्टन भिल्ला र सेफिल्ड युनाइटेडले गोलरहित बराबरीमा चित्त बुझाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण