युएईबाट एक सय ४८ नेपाली लिएर उड्यो पहिलो ‘उद्धार’ जहाज
युएई। कोरोनाभाइरसको महामारीका कारण युएईमा समस्यामा परेका एक सय ४८ जना नेपाली आज नेपाल फर्किएका छन्। नेपाल एयरलाइन्सको आरए(२२९२) को पोहिलो ‘उद्धार’ उडानमार्फत एक सय ४८ जना आज नेपाल फकिएका हुन् ।
उडान तालिका भन्दा चार घन्टा ढिलो गरि स्थानिय समय अनुसार बिहानको ५ः१० बजे दुबईबाट उडेको थियो । जहाज १ बजेर २५ मिनेट जाँदा उड्न पर्ने थियो।
आज फर्कनेहरुमा धेरै संख्यामा दूतावासको प्राथमिकतामा परेका गर्भवती महिला, बिरामी,असक्त रहेका छन् । जसमा ९४ जना गर्भवती महिला र २० जना गर्भवती महिलाका श्रीमान, ९ जना दीर्घ रोगी, ३ जेष्ठ नागरिक, १ जना प्यारालाइसिस भएका, १० जना वर्किङ भिसा सकिएका र अन्य ११ जना यात्रु छन्। उनीहरु सबै आफ्नै खर्चमा नेपाल फर्किएका हुन्।
उनीहरुलाई दुवई बिमानस्थलमा नै निःशुल्क आरडीटी परीक्षण गरिएको गैर आवासीय नेपाली संघ एनआरएनए युएईका उपाध्यक्ष पासाङ शेर्पाले रातोपाटीलाई बताए। उपाध्यक्ष शेर्पा र कोषाध्यक्ष विकास शाहीले यात्रुहरुलाई सहजीकरण गरेका थिए।
उनीहरुको बिदाइको लागि नेपाली दूतावासका आबुधावीका उपनियोग प्रमुख तथा प्रवक्त्ता रिता धिताल र द्वतीय सचिव भुवन ओझा विमानस्थल पुगेका थिए।साथै गैर आवासीय नेपाली संघ (एनआरएनए) यूएईका अध्यक्ष प्रकास कोइराला, महिला संयोजक शोभा शर्मा, नेपाल एसोसिएसनका बोर्ड मेम्बर कल्पना राई र नेपाली समाजका महासचिव वेदप्रसाद अर्याल पनि विमानस्थल पुगेका थिए। जहाजमा १ सय ४८ यात्रु र एक जनाको शव रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण