चीनले पक्राउ गरेको थियो लेफ्टिनेन्ट कर्नल, तीन मेजरसहित १० भारतीय सैनिक
शुक्रबार, ०५ असार २०७७, ०९ : २३
चीनले पक्राउ गरेका १० भारतीय सैनिकलाई गलवान घाटीमा भएको हिंस्रक संघर्ष पछि रिहा गरेको छ । द हिन्दुले सेनासँग सम्बन्धित स्रोतलाई उद्धृत गर्दै यस्तो जानकारी दिएको हो ।
मेजर जनरल स्तरको वार्तापछि भारतीय सैनिकलाई छोडिएको हो । यसमा एक लेफ्टिनेन्ट कर्नल र तीन मेजर पनि समावेश थिए ।
भारतले बिहिबार जारी बयानमा आफ्ना कोही सेना नहराएको बताएको थियो । द हिन्दूका अनुसार भारतीय सैनिकलाई बिहिबार बेलुकी पाँच बजे छोडिएको हो ।
१५–१६ जूनको राती भारत र चीनका सैनिकबीच भएको हिंस्रक झडपमा २० भारतीय सैनिक मारिएका छन् । भारतका ७८ सैनिक घाइते भएका छन् जसको अस्पतालमा उपचार चलिरहेको छ ।
यस्तै चीनले हताहत भएका आफ्नो सैनिकको संख्या सार्वजनिक गरेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण