चेन्नईमा पुनः लागू गरियो लकडाउन
शुक्रबार, ०५ असार २०७७, १३ : १६
तलिमनाडुको राजधानी चेन्नई र योसँग जोडिएका तीन जिल्लामा एकपटक पुनः लकडाउन लागू गरिएको छ ।
यहाँ अब अत्यावश्यक सामानको पसल र मेडिकल स्टोरमात्रै खुल्नेछन् । १२ दिनसम्म लागू गरिएको लकडाउन २० जूनसम्म चल्नेछ ।
चेन्नईमा करिब ३७ हजार बढी संक्रमित छन् जबकि पूरा तमिलनाडुमा संक्रमितको आँकडा ५० हजार छ ।
राज्यमा हालसम्म ६ सय जनाको मृत्यु भइसकेको छ । संक्रमितको तुलनामा यहाँको मृत्युदर कम नै छ । यसबारे अनुसन्धान सुरु भएको छ । एक रिपोर्टका अनुसार चेन्नईमा २ सय जनाको मृत्युलाई कोरोना संक्रमितको मृत्युसँग जोडिएको थिएन ।
भारतमा यो महिनाको सुरुवातमा लकडाउन हटाइएको थियो । चेन्नई एक मात्र शहर हो जहाँ पूर्ण रुपमा लकडाउन लागू गरिएको छ ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण