बराबरीमा रोकियो बार्सा, उपाधि होड खुला
साबिक विजेता बार्सिलोना सेभियासँग गोलरहित बराबरीमा रोकिएपछि स्पेनिस ला लिगामा उपाधि होड खुला भएको छ । आठ खेल बाँकी छँदा बार्सिलोनाले शीर्ष स्थानमा तीन अंकको अग्रता बनाएको छ ।
तर, एक खेल कम खेलेको रियल म्याड्रिडले आइतबार रियल सोसिडाडविरुद्धको खेलमा जीत हासिल गरे बार्सासँग अंक बराबरी गर्न सफल हुनेछ ।
शुक्रबार भएको उत्कृष्ट रक्षात्मक प्रदर्शन गरेको सेभियाले बार्सिलोनाको आक्रमणलाई फितलो बनाएको थियो । कप्तान लियोनेल मेस्सीको फ्रिकिक बारमा ठोक्किनु बाहेक बार्सिलोनाले खेलमा सेभियाको रक्षापंक्ति तोड्दै खासै अवसर सृजना गर्न सकेन ।
खेलको अन्तिम मिनेटमा लुइस सुवारेजको सुवारेजको प्रहार पनि खेर गरेको थियो । सेभियाका लुकास ओकाम्पोसको प्रहार पोष्टमा लागेको थियो भने मुनिर एल हडिडीको प्रहारलाई बार्साका गोलकिपर टेर स्टेगनले विफल पारेका थिए ।
३० खेलपछि बार्सिलोनाको ६५ अंक रहेको छ भने तेस्रो स्थानमा रहेको सेभियाको ५२ अंक रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण