नेयमारले बार्सिलोनालाई ९१ करोड रुपैयाँ तिनुपर्ने
पेरिस सेन्ट जर्मेनका फरवार्ड नेयमारले पूर्व क्लब बार्सिलोनालाई ६७ लाख युरो तिनुपर्ने भएको छ । स्पेनको अदालतले नेयमारविरुद्ध फैसला सुनाउँदै सो सजाय तोकेको हो ।
सन् २०१७ को अगस्तमा बार्सिलोना छाडेका ब्राजिलियन खेलाडीले आफ्नो पूर्वक्लबले आफूलाई लोयल्टी बोनसबापत् ४ करोड ३६ लाख युरो तिर्नुपर्ने दाबी गर्दै मुद्दा दायर गरेका थिए । पेरिस सेन्ट जर्मेनसँग आबद्ध भएलगत्तै नेयामारले सो मुद्दा दायर गरेका थिए । एक न्यायाधीशले स्पेनिस क्लबको पक्षमा फैसला सुनाए पनि नेयमारले त्यसविरुद्ध पुनरावेदन गर्न पाउनेछन् ।
बार्सिलोनाले फैसलालाई स्वागत गर्दै आफ्नो वैद्य चासोलाई रक्षा गर्ने प्रतिक्रिया दिएको छ । सन् २०१७ नेयामार विश्वकीर्तिमानी २२.२ करोड युरोमा बार्सिलोनाबाट पीएसजीसँग आबद्ध पुगेका थिए । उनले त्यसपछि विश्व फुटबलको नियामक निकाय फिफामा पनि यसबारे उजुरी गरेका थिए ।
उता, बार्सिलोनाले रकम नतिरेर उल्टै नेयमारबिरुद्ध कानुनी कारवाही अगाडि बढाएको थियो । सन् २०१६ मा नयाँ करार गर्दा प्रप्त ८० लाख पाउन्ड नेयमारले फिर्ता गर्नुपर्ने बार्साको दाबी थियो । फिफाले यस विषयमा कुनै कारवाही नगर्ने र अदालतको निर्णयलाई मान्ने बताएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फैसलाको आशमा उच्च अदालत अगाडि भिड, तस्बिरहरू
-
सगरमाथा आरोहणका क्रममा दुई मङ्गोलियन नागरिक सम्पर्कविहीन
-
यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था
-
पारित भएन ‘धन्यवादको प्रस्ताव’ : जेठ ३ गतेसम्म प्रतिनिधि सभा बैठक स्थगित
-
सन्दीपको मुद्दा हेर्दाहेर्दैमा
-
प्रतिनिधिसभा बैठक सुरु हुने बित्तिकै कांग्रेसले घेर्यो रोष्टम