नेयमारले बार्सिलोनालाई ९१ करोड रुपैयाँ तिनुपर्ने
पेरिस सेन्ट जर्मेनका फरवार्ड नेयमारले पूर्व क्लब बार्सिलोनालाई ६७ लाख युरो तिनुपर्ने भएको छ । स्पेनको अदालतले नेयमारविरुद्ध फैसला सुनाउँदै सो सजाय तोकेको हो ।
सन् २०१७ को अगस्तमा बार्सिलोना छाडेका ब्राजिलियन खेलाडीले आफ्नो पूर्वक्लबले आफूलाई लोयल्टी बोनसबापत् ४ करोड ३६ लाख युरो तिर्नुपर्ने दाबी गर्दै मुद्दा दायर गरेका थिए । पेरिस सेन्ट जर्मेनसँग आबद्ध भएलगत्तै नेयामारले सो मुद्दा दायर गरेका थिए । एक न्यायाधीशले स्पेनिस क्लबको पक्षमा फैसला सुनाए पनि नेयमारले त्यसविरुद्ध पुनरावेदन गर्न पाउनेछन् ।
बार्सिलोनाले फैसलालाई स्वागत गर्दै आफ्नो वैद्य चासोलाई रक्षा गर्ने प्रतिक्रिया दिएको छ । सन् २०१७ नेयामार विश्वकीर्तिमानी २२.२ करोड युरोमा बार्सिलोनाबाट पीएसजीसँग आबद्ध पुगेका थिए । उनले त्यसपछि विश्व फुटबलको नियामक निकाय फिफामा पनि यसबारे उजुरी गरेका थिए ।
उता, बार्सिलोनाले रकम नतिरेर उल्टै नेयमारबिरुद्ध कानुनी कारवाही अगाडि बढाएको थियो । सन् २०१६ मा नयाँ करार गर्दा प्रप्त ८० लाख पाउन्ड नेयमारले फिर्ता गर्नुपर्ने बार्साको दाबी थियो । फिफाले यस विषयमा कुनै कारवाही नगर्ने र अदालतको निर्णयलाई मान्ने बताएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण