बेलायतमा पार्कमा बसिरहेका समूहमाथि अन्धाधुन्ध चक्कू प्रहारः तीनको मृत्यु, तीन घाइते
बेलायतको रिडिङ्ग शहरमा एक व्यक्तिले अन्धाधुन्ध चक्कु प्रहार गर्दा तीनजनाको मृत्यु भएको छ भने तीनजना गम्भीर रुपमा घाइते भएका छन् ।
घटनास्थलबाट २५ वर्षका युवकलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
यो घटना रिडिङ्ग शहरको फोर्बरी गार्डन्स पार्कमा बेलायती समयानुसार बेलुकी साढे सात बजे भएको हो ।
प्रहरीले अहिले नै यसलाई चरमपन्थी घटना स्विकारेको छैन ।
सुरक्षा स्रोतले बीबीसीलाई दिएको जानकारी अनुसार घटनास्थलबाट पक्राउ परेका व्यक्ति लिबियाली मूलका हुन् ।
एक प्रत्यक्षदर्शीले पार्कमा बसिरहेका समूहमाथि तीब्र रुपमा चक्कु हमला गरेको जानकारी दिए ।
प्रहरीका अनुसार यो घटनामा अन्य कसैलाई पनि पक्राउ गरिएको छैन ।
टेम्स भ्याली प्ररीका डिटेक्टिभ चीफ सुपरिटेन्डेन्ट इयान हन्टरले भने, ‘अहिले यसलाई आतंकवादी घटना मानिएको छैन । यद्यपि, घटना कुनै उद्देश्यसहित गरिएको थियो भने अनुसन्धान चलिरहेको छ ।’
प्रधानमन्त्री बोरिस जोनसनले घटनामा मारिएकाहरुको परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण