ट्वीङ्कल खन्नालाई बुवा राजेश खन्नाले एकैपटक चार प्रेमी बनाउन सुझाएका थिए, आफैंले गरिन् खुलासा
२१ जूनमा फादर्स डे मनाइने गरिन्छ । यो मौकामा ट्वीङ्कल खन्नाले आफ्ना पिता तथा दिवंगत सुपरस्टार राजेश खन्नालाई याद गर्दै एउटा पोस्ट लेखेकी छिन् । उक्त पोस्टमा ट्वीङ्कलले आफ्ना पितासँग बिताएका थुप्रै पल साझा गरेकी छिन् । रक्सीको स्वाद चखाउनुका साथै प्रेम सम्बन्धबारे सल्लाह दिनेसम्मका यस्ता थुप्रै कुरा ट्वीङ्कलले सेयर गरेकी छिन् जसले उनको बुवासँगको सम्बन्ध कस्तो थियो भनेर राम्रोसँग परिभाषित गर्छ ।
ट्विङ्कलले लेखिन्, ‘मेरा लागि फादर्स डे सधैं डिसेम्बरमा हुनेछ । मेरो जन्म हुँदा बुवाले म उहाँका लागि सबैभन्दा राम्रो उपहार भएको भन्दै आमालाई धन्यवाद दिनुभएको थियो । उहाँको ३१ औं जन्मदिनमा मैले यो संसारमा प्रवेश गरेकी थिएँ ।’
ट्विङ्कलले आफ्नो वेबसाइट ट्वीक इन्डियामा लेखेकी छिन्, ‘उहाँ पहिलो व्यक्ति हुनुहुन्थ्यो जसले मलाई रक्सीको पहिलो घुट्को दिनुभएको थियो, मेरो हातमा स्कच राखिएको गिलास ।’
साथै, उनले लेखेकी छिन्, ‘जब मैले डेटिङ सुरु गरेँ तब हामीले सर–सल्लाह गरेका थियौं । उहाँले मलाई आफूले खोजेको साथीको बारेमा पनि भन्नुभएको थियो । उहाँले भन्नुभएको थियो, ‘म एउटा यस्तो साथीको खोजीमा थिएँ जसको काखमा म सुत्न सकूँ, सँगै किताब पढ्न सकौं ।’ मैले उहाँलाई हास्दै भनेकी थिएँ, ‘ड्याड यस्तो कहिले पनि हुनेछैन । तपाईंको आशा हास्यास्पद छ । यदि ती व्यक्ति सुस्त पढ्ने किसिमको भए के तपाईं ब्रेक लिन चाहनुहुन्छ ? तपाईं एउटा राम्री महिला खोज्नुहोस् जसले तपाईंको बकवास सहन सकून् । यो नै पर्याप्त हुनेछ ।’
यसका साथै उनले आफूलाई बुवाले एकैपटक चारजना प्रेमी बनाउन सल्लाह दिएको समेत बताएकी छिन् ।
यसबारे ट्विङ्कलले लेखिन्, ‘उहाँले मलाई एकपटक एकजना मात्रै प्रेमी नबनाउन भन्नुभएको थियो । उहाँले एक समयमा सधैं चारजना प्रेमी बनाउन सुझाउनु ुभएको थियो किनभने उहाँका अनुसार मैल यस्तो गरे मेरो मन कहिल्यै पनि टुट्ने छैन ।’
उनले लेखिन्, ‘एउटा सुझाव, जसले मलाई अस्थिर बनायो । यद्यपि, मैले उहाँलाई कहिले पनि बताइनँ कि मेरो मन तोड्ने शक्ति भएका एकमात्र व्यक्ति मेरो बुवामात्रै थिए ।’
स्रोतः जिन्यूज
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण