नयाँ एक्सप्रेस म्यूजिक फोन ‘नोकिया ५३१०’ बजारमा, मूल्य ५ हजार ४ सय
काठमाडौं– नेपाली बजारमा एकदम लोकप्रिय नोकियाको एक्सप्रेस म्यूजिक मोबाइल १२ बर्ष पछि नयाँ ‘नोकिया ५३१०’को रुपमा आएको छ ।
नेपालको लागि नोकिया मोबाइलको आधिकारीक वितरक टेलिटकले यो मोबाइल नेपाली बजारमा ल्याएको छ । म्यूजिकको लागी अलग पहिचान बनाएको एक्सप्रेस म्यूजिक मोबाइल एक दशक अगाडि ग्राहकवर्गहरुद्धारा अधिक रुचाइएको थियो ।
नोकिया ५३१० फिचर फोन अहिले पनि उच्चस्तरीय म्यूजिक क्वालिटिलाई ध्यानमा राख्दै डुअल स्पिकर जडान गरिएको हुनाले संगीतका पारखीहरुका लागी एकदम उपयुक्त हने कम्मनीको दावी छ । नोकिया ५३१० फोनमा वायरलेस एफ.एम. रेडियो छ, जुन एयरफोन लगाएर पनि सुन्न सकिन्छ ।
यसको बक्समा एयरफोन पनि राखिएको छ । यसमा २.४ इन्चको क्यूभीजीए डिस्प्ले र पछाडि भीजीए क्यामरा, नोकिया सिरिज ३०+ अपरेटिङ सिस्टम, डुअल मिनि सिमकार्ड, माइक्रो १.१ पोर्ट, ३.५ एम.एम. अडियो ज्याक, ३.० ब्लूटूथ र १२००mब्ज को बदल्न मिल्ने ब्याट्री छ जसको चार्ज दुई दिन सम्म टिक्छ ।
नोकिया ५३१० को बजार मूल्य रु.५,४४९ पर्दछ भने बिभिन्न आकर्षक रगंहरुमा पनि बजारमा पाउन सकिन्छ । साथै नोकियाका अन्य फिचर फोनहरु र नोकिया ५३१० फोनमा ३६५ दिनको रिप्लेस्मेन्ट ग्यारेन्टि उपलब्ध छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा
-
चरित्रहत्याको प्रयासविरुद्ध कथावाचिका राधिका दासीको आक्रोश: निष्पक्ष अनुसन्धान र न्यायको माग
-
१२ बजे १२ समाचार: मंगलबार देशभर ओपीडी बन्द, डा. केसीले तोडे अनशन, नेपाल नामिबियासँग पराजित
-
भोलि देशभर ओपीडी बन्द गर्ने नेपाल चिकित्सक संघको घोषणा
-
नियमकीय गुणस्तर सुधार गर्दै पूँजीबजार विकासका लागि धितोपत्र बोर्डले काम गर्नुपर्छ: अर्थमन्त्री
-
देवानगञ्ज घटनाको निष्पक्ष छानबिन गर्न राप्रपा सांसद ओलीको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण