रोमाञ्चक खेलमा नेपाल नामिबियासँग ३ रनले पराजित
सारांश
- नेपाल नामिबियासँग ३ रनले पराजित भएको छ, जसले गर्दा लिग २ मा महत्त्वपूर्ण अङ्क जोड्ने लक्ष्यमा धक्का लागेको छ।
- नामिबियाले दिएको २१२ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २०८ रन मात्र बनाउन सक्यो।
- करण केसीले ५ विकेट लिए पनि टोलीलाई जिताउन पर्याप्त भएन, जबकि नामिबियाका ज्याक ब्रासेलले ३ विकेट लिए।
काठमाडौँ। आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क मार्सचालकरविर्डमा सोमबार भएको रोमान्चक खेलमा नेपाल नामिबियासँग ३ रनले पराजित भएको छ । नामिबियाले दिएको २१२ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २०८ रन मात्र बनाउन सक्यो । लगातार तीन खेलमा हार व्यहोरेपछि लिग २ मा महत्त्वपूर्ण अङ्क जोड्ने नेपालको लक्ष्यमा धक्का लागेको छ ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २११ रनको योगफल तयार पारेको थियो । नामिबियाका लागि ओपनर जन फ्राइलिनले उत्कृष्ट ब्याटिङ गर्दै १४९ बलमा १०० रनको शतकीय पारी खेले । त्यस्तै लोरेन स्टेन्क्याम्पले ८७ बलमा ५९ रन र मलान क्रुगरले २२ बलमा १५ रन बनाए । नेपालका लागि तीव्र गतिका बलर करण केसीले घातक बलिङ गर्दै १० ओभरमा मात्र २९ रन खर्चेर महत्वपूर्ण ५ विकेट लिए पनि टोलीलाई जिताउन पर्याप्त भएन । त्यस्तै सोमपाल कामीले ७ ओभरमा ४१ रन खर्चेर १ विकेट लिए ।
२१२ रनको लक्ष्य पछ्याएको नेपाली टोलीले पुरै ५० ओभर खेले पनि जित निकाल्न सकेन । नेपालका लागि ओपनर आसिफ शेखले ८९ बलमा सर्वाधिक ४५ रनको योगदान दिए भने कप्तान रोहितकुमार पौडेलले ५० बलमा ४१ रन र आरिफ शेखले ४९ बलमा ३८ रन बनाए । नामिबियाका बलर ज्याक ब्रासेलले १० ओभरमा ४६ रन खर्चेर ३ विकेट तथा रुबेन ट्रम्पलम्यानले १० ओभरमा ५२ रन खर्चेर २ विकेट लिँदै नेपालको मध्यक्रमलाई दबाबमा राखे । बर्नार्ड स्कोल्ट्जले अत्यन्तै किफायती बलिङ गर्दै १० ओभरमा मात्र १४ रन खर्चिए ।
यो खेलअघि ११ जित र १७ हारसहित अङ्क तालिकाको पाँचौँ स्थानमा रहेको नेपाल र समान नतिजासहित छैटौँ स्थानमा रहेको नामिबियाबिचको यो भिडन्त निकै महत्त्वपूर्ण मानिएको थियो । यो नतिजासँगै दुई टोलीबिच भएका कुल ११ एकदिवसीय खेलमध्ये नामिबियाले आठौँ जित दर्ता गरेको छ भने नेपालको जित सङ्ख्या तीनमै सीमित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चरित्रहत्याको प्रयासविरुद्ध कथावाचिका राधिका दासीको आक्रोश: निष्पक्ष अनुसन्धान र न्यायको माग
-
१२ बजे १२ समाचार: मंगलबार देशभर ओपीडी बन्द, डा. केसीले तोडे अनशन, नेपाल नामिबियासँग पराजित
-
भोलि देशभर ओपीडी बन्द गर्ने नेपाल चिकित्सक संघको घोषणा
-
नियमकीय गुणस्तर सुधार गर्दै पूँजीबजार विकासका लागि धितोपत्र बोर्डले काम गर्नुपर्छ: अर्थमन्त्री
-
देवानगञ्ज घटनाको निष्पक्ष छानबिन गर्न राप्रपा सांसद ओलीको माग
-
ललितपुरमा एसओएस बालग्रामको जिप दुर्घटनाः चालकको मृत्यु, पाँच जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण