गाउँपालिका एक हप्ता बन्द
तनहुँमा सोमबार १७ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएकामध्ये स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसमेत छन् । बन्दीपुर गाउँपालिकामा थपिएका ११ मध्ये चिकित्सकसहित दुई स्वास्थ्यकर्मी, एक सुरक्षाकर्मी र आठ क्वारेन्टिनमा बसेका सर्वसाधारण छन् ।
गाउँपालिकाबाट ३४ जनाको स्वाब सङ्कलन गरी जेठ २८ गते परीक्षणका लागि पठाइएकामा सोमबार उनीहरुमा कोरोना पोजिटिभ देखिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अन्जिर भट्टराईले जानकारी दिए ।
बन्दीपुर गाउँपालिकाका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमा समेत कोरोना पुष्टि भएसँगै गाउँपालिकाले असार ९ गतेदेखि लागू हुने गरी गाउँपालिकाले प्रदान गर्दै आइरहेको सबै सेवा र इलाका प्रहरी कार्यालय बन्दीपुर एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको छ । गाउँपालिकाको सोमबार साँझ बसेको आकस्मिक बैठकले थप सङ्क्रमण हुन नदिन गाउँपालिका र प्रहरी कार्यालय एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए ।
उनका अनुसार गाउँपालिकाअन्तर्गतका सबै सरकारी कार्यालय, गैरसरकारी संस्था, निजी क्षेत्र, बैंक तथा वित्तीय संस्था दुई हप्ताका लागि पूर्णरूपमा बन्द गर्ने निर्णय भएको छ । यसैगरी आँबुखैरेनी गाउँपालिकामा थपिएका तीनमध्ये एक सुरक्षाकर्मीमा कोरोना पुष्टि भएको छ । दुई जना भने क्वारेन्टिनमा रहेका व्यक्ति रहेको आँबुखैरेनी गाउँपालिकाले जनाएको छ ।
त्यस्तै भीमाद नगरपालिकामा तीन, घिरिङ गाउँपालिकाका एक कोरोना सङ्क्रमित थपिएका छन् । सोमबार १७ थप भएसँगै जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या ८९ पुगेको छ । दश स्थानीय तहमध्ये आठ स्थानीय तहमा कोरोना पुष्टि भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमा सुधनको ‘कमब्याक’ भण्डारीको प्रतिवेदनमा निर्भर !
-
एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण, तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम
-
अमेरिकी सिनेटले सीमा गस्तीका लागि छुट्ट्यायो ७० अर्ब डलरको अतिरिक्त बजेट
-
४४ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान
-
लोकतन्त्र, समाजवाद र नेपालको भविष्य
-
करातेमा कोशी प्रदेशको दबदबा, ३ स्वर्णसहित बन्यो च्याम्पियन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण