आमिर खानलाई शाहरुख खानले भनेका थिए, ‘काजोलसँग काम नगर’
बलिउडमा शाहरुख खान र काजोल अन स्क्रिन चर्चित जोडीमध्येका एक हुन् । फिल्ममा यी दुई स्टारको केमेस्ट्री हेर्नका लागि प्रशंसक निकै उत्सुकसमेत रहन्छन् । शाहरुख र काजोलले ‘दिलवाले दुल्हनिया ले जाएंगे’, ‘कभी खुसी कभी गम’, ‘बाजीगर’, ‘दिलवाले’ जस्ता थुप्रै हिट फिल्ममा काम गरेका छन् । एक मिडिया पोर्टललाई दिएको अन्तरवार्तामा शाहरुख खानले आमिर खानलाई काजोलसँग काम नगर्न सल्लाह दिएको बताएका थिए ।
शाहरुखले आमिरलाई भने, ‘उनीसँग काम गर्न सक्ने छैनौ’
पिंकविलाका अनुसार फिल्म दिलवालेको क्रममा दिएको अन्तरवार्तामा शाहरुखले फिल्म बाजिगरको सुटिङका बेला काजोललाई नरुचाउने खुलासा गरेका थिए । नायकले भने, ‘जब म काजोलसँग फिल्म बाजिगरमा काम गरिरहेको थिएँ तब आमिर खानले मलाई काजोलबारे सोधेका थिए किनभने आमिर पनि उनीसँग काम गर्न चाहन्थे । मैले उनलाई भनेँ, ‘उनी ठिक छैनन्, काममा केन्द्रीत छैनन्, तिमी उनीसँग काम गर्न सक्ने छैनौ ।’
शाहरुखले आफ्नो कुरामा जताए अफसोसः
यद्यपि, काजोलको क्षमताबारे थाहा पाएपछि शाहरुख खानले आमिर खानलाई भनेको कुरामा अफसोस जताए । शाहरुख खानले थपे, ‘मैले पुनः आमिर खानलाई आफ्नो कुराको स्पष्टिकरण दिन फोन गरेँ । मैले उनलाई भने, ‘मलाई थाहा थिएन कि उनी स्क्रिनमा जादू गरिदिन्छिन् ।’’
छोरीले काजोलबाट अभिनय सिकून् भन्ने चाहन्थे शाहरुख खान
रोचक कुरा के छ भने शाहरुख खानले उनकी छोरी सुहानाले काजोलसँग अभिनय सिकोस् भनेर चाहेको स्विकार गरेका थिए । उनले भनेका थिए, ‘काजोल इमान्दार नायिका हुन् र उनीसँग अत्यधिक राम्रा गुणहरु छन् । मेरी छोरी नायिका बन्न चाहन्छिन् तसर्थ उनले काजोलबाट अभिनय सिकून् भन्ने चाहन्छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण