बार्सिलोना पुनः शीर्ष स्थानमा
इभान र्याकिटचको एक मात्र गोलको मद्दतले बार्सिलोनाले एथ्लेटिक बिल्बाओलाई पारजित गर्दै स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । खेल सकिन १९ मिनेट अघि लियोनेल मेस्सीको पासमा गरेको उनको गोल नै खेलमा निर्णायक बन्न पुग्यो ।
ला लिगामा यो सिजन मेस्सीको यो १५ औँ एसिस्ट थियो । ६९९ औँ करियर गोल गरेका मेस्सीले ७ सयौँ गोलका लागि केही थप समय पर्खनुपर्ने भएको छ । यो सिजन बार्सालाई दुई पटक हराएको एथ्लेटिकले मंगलबारको खेलमा भने गोलकिपर मार्क आन्द्रै टेर स्टेगनलाई एकपटक पनि दबाब दिन सकेन ।
बुधबार मार्योकालाई हराए रियल म्याड्रिड पुनः शीर्ष स्थानमा फर्कनेछ । ३१ खेलपछि बर्साको ६८ अंक रहेको छ । एक खेल कम खेलेको रियल ६५ अंकसहित दोस्रो स्थानमा रहेको छ । बुधबार जित हासिल गरे रियल र बार्साको समान अंक हुनेछ तर हेड टु हेडको आधारमा रियल शीर्ष स्थानमा पुग्नेछ ।
अन्य खेलमा एथ्लेटिको म्याड्रिडले लेभान्तेलाई १–० ले पराजित गर्दै लिगको तेस्रो स्थानमा उक्लिएको छ । गेटाफे भने रियल भालाडोलिडसँग १–१ को बराबरीमा रोकियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण