कोरोनाभाइरसको छायाँमा रुसको शक्ति प्रदर्शन, तस्विरहरु हेर्नुहोस्
रुसले ७५ औँ ‘भिक्ट्री डे’ को अवसरमा राजधानी मस्कोमा भव्य सैन्य परेडको आयोजना गरेको छ । गत मे ९ मा आयोजना हुनुपर्ने कार्यक्रम कोरोनाभाइरसका कारण सारेर बुधबार आयोजना गरिएको हो । दोस्रो विश्वयुद्धमा सोभियत संघले नाजी जर्मनीलाई हराएको अवसरमा यो दिनलाई भव्य रुपमा मनाउने गरिन्छ । उक्त युद्धमा २ करोडभन्दा बढी सोभियत संघका जनताले ज्यान गुमाएका थिए ।
नाजी जर्मनीले सन् १९४५ ८ मेमा राति ११ बजेर १ मिनेट जाँदा आफ्ना सबै सैन्य कारवाही स्थगित गरेको थियो । तर, टाइम जोनका कारण पूर्वी युरोपियन राष्ट्रहरुले ९ मेमा विजयी भएको खुसियाली मनाएका थिए ।
यसअघि, राष्ट्रपति भ्लादिमिर पुटिनले कोरोनाभाइरसको महामारीका कारण यो कार्यक्रमलाई स्थगित गरेका थिए । तर, उनलाई थप दुई कार्यकाल सत्तामा रहन दिने महत्त्वपूर्ण संवैधानिक मतदान अघि यो कार्यक्रमलाई आयोजना गरिएको छ ।
मस्कोमा यो महिनादेखि लकडाउन खुकुलो बनाइएको छ । तर, सामुहिक जमघटलाई प्रतिबन्ध लगाइएको छ । परेडमा भाग लिने सैनिकहरुलाई कार्यक्रमअघि क्वारेन्टाइनमा राखिएको थियो ।
रुसमा हालसम्म ६ लाख बढी संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा मात्र थप ७ हजार १७६ जना कोरोनाभाइरस संक्रमित फेला परेका थिए ।



























तस्विरहरु : रोयटर्स
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण