युएई र चीनद्वारा कोभिड–१९ को खोपका लागि मानिसमाथि तेस्रो चरणको परीक्षण सुरु
संयुक्त अरब इमिरेट्स (युएई) र चीनले कोरोनाभाइरसको भ्याक्सिन निर्माणका लागि मानिसमाथि तेस्रो चरणको क्लिनकल परीक्षण सुरु गरेको चाइना नेसनल बायोटिक ग्रुप (सीएनबीजी) र युएईको राष्ट्रिय मिडियाले जानकारी दिएको छ । महामारीको वैज्ञानिक समाधानका लागि जारी दौडमा यसलाई अर्को महत्त्वपूर्ण विकास मानिएको छ । परीक्षण गर्ने सम्झौतामा युएईको कम्पनी जी४२ र सीएनबीजीसँग आबद्ध चिनियाँ औषधी निर्माता कम्पनी सिनोफार्म समूहले बुधबार हस्ताक्षर गरेका छन् ।
खोपहरुले आफ्नो प्रभावकारिता र सुरक्षालाई सुनिश्चित गर्न विभिन्न चरणको परीक्षण पार गर्नुपर्ने हुन्छ । यसका लागि लामो समय लाग्ने गर्छ । क्लिनिकल विकासका लागि सामान्यतय तीन चरण लाग्ने अमेरिकी सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनको भनाइ छ । पहिलो चरणमा सानो समूहलाई यो खोप दिइन्छ । दोस्रो चरणमा समूहको दायरालाई फराकिलो बनाइनछ र यो खोप आवश्यक भएका व्यक्तिहरुमा पनि यसको परीक्षण गरिन्छ । तेस्रो चरणलाई सबैभन्दा महत्त्वपूर्ण चरण मान्छि । यसमा खोपको प्रभावकारितालाई जाँच गरिन्छ र पहिलो र दोस्रो चरणको नतिजालाई पुष्टि गर्न ठूलो संख्यामा यसको परीक्षण गरिन्छ ।
यो चरणमा दशौँ हजारौमाथि परीक्षण गर्ने गरिन्छ । यसरी वैज्ञानिहरुले खोपको सम्भावित साइड इफेक्टको बारेमा पनि जान्ने अवसर पाउँछन् । यो चरणमा खोप प्रभावकारी र सुरक्षित रहेको पाएपछि उत्पादनको चरणमा जान्छ ।
विश्वभर खोप निर्माताहरु कोरोनाभाइरस विरुद्धको खोप निर्माणमा विभिन्न चरणमा रहेका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार क्लिनिकल चरणमा १६ वटा खोप रहेका छन् भने १२५ वटा खोप प्रि–क्लिनिकल चरणमा रहेका छन् ।
युएई र चीनको खोप तेस्रो चरणको परीक्षणमा रहेको एक्लो खोप भने होइन । अक्सफोर्ड विश्वविद्यालयले पनि तेस्रो चरणको परीक्षण सुरु गरेको छ भने अमेरिकी कम्पनी मोर्डेनाले पनि ३० हजार जनामा तेस्रो चरणको परीक्षण सुरु गर्ने तयारी गरेको छ ।
विश्वभरका औषधी निर्माता कम्पनीहरु कोरोनाभाइरसविरुद्धको खोप निर्माणको दौडमा लागिरहेका छन् । तर, अहिलेसम्म खोप कहिले उपलब्ध हुन्छ भन्ने यकिन भएको छैन । अध्ययनकर्ताहरुले २०२१ को सुरुवातसम्ममा यो उपलब्ध हुन सक्ने आशा व्यक्त गरेका छन् ।
स्रोत : सीएनएन
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण