पायलको सोनमलाई कटाक्षः ‘तिम्रो श्रीमानको तालु खुइलिएको छ र सुगठित शरीर छैन, सायद यो तिम्रो भाग्य हो’
यदि तपाईंले भारतीय अभिनेत्री पायल रोहात्गीलाई सोसल मिडियामा फलो गरिरहनुभएको छ भने सुशान्त सिंह राजपूतको मृत्यु पछि उनले थुप्रै बलिउड सेलिब्रिटीलाई निशाना पारिरहेको बारे थाहा तपाईंलाई थाहा होला । सलमान खानदेखि करन जोहर र पूरा फिल्मी उद्योगलाई सुशान्तलाई नचिनेको भन्दै तथानाम भनेकी छिन् । उनको पछिल्लो भिडियोमा सुशान्तको आत्महत्यालाई हत्याको संज्ञा दिएकी छिन् । यसमा उनले सुशान्तका ती डाक्टरमाथि शंका गरेकी छिन् जसलाई सुशान्तले डिप्रेशनका लागि सम्पर्क गरेका थिए । यस्तै थुप्रै भिडियो उनको इन्स्टाग्राम फिडमा पाउन सकिन्छ । यद्यपि, उनको पछिल्लो भिडियोमा पायलले सोनम कपुरलाई मात्र नभइ उनका श्रीमान् आनन्द आहुजालाई समेत ट्रोल गरेकी छिन् ।
करन जोहरको कार्यक्रम कफी विद करनमा पुरानो श्रृङ्खलामा सुशान्तलाई सोनमले ‘हट’ नभएको बताएकी थिइन् । उनले यहि भिडियो उद्धृत गर्दै आफ्नो रिस पोखेकी छिन् । पायलका अनुसार यदि सुशान्त ‘हट’ छैनन् भने उनका श्रीमान् पनि हट छैनन् । पायलले आनन्दको तालु खुइलिएको भन्दै उनको शरीर सुगठित नभएको र हेर्दा समेत आकर्षक नभएको बताएकी छिन् ।
पायलले यो भिडियो सोनमले उनलाई ट्वीटरमा ब्लक गरेपछि बनाएकी हुन् । भिडियोको क्याप्सनमा उनले लेखेकी छिन्, ‘सोनम तिम्रा श्रीमान् हट छैनन्, राम रामजी । सोनम कपुर तिम्रा श्रीमान् तालुखुइले छन् र उनको सुगठित शरीर पनि छैन । सायद यो तिम्रो भाग्य हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण