गण्डकी खरिद गर्न मेगा बैंकलाई राष्ट्र बैंकले दियो अन्तिम स्वीकृति
काठमाडौं । मेगा बैंकले गण्डकी विकास बैंकलाई खरिद गर्न नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएको छ । पोखरामा केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तरको गण्डकी विकास बैंक खरिद गर्न बुधबार राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएको हो ।
मेगा बैंकले गण्डकी विकास बैंक खरिद गर्ने सम्बन्धि सम्झौतापत्रमा गत असोजमा सैद्धान्तिक सहमति गरेको थियो । मेगाले एक बराबर एक शेयर स्वाप अनुपातमा गण्डकी बैंकलाई खरिद गनए लागेको हो । दुई बैंक बीचको सम्झौताअनुसार मर्जर पछि बन्ने बैंकको नाम मेगा बैंक लिमिटेड रहनेछ ।
बैंक सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृत पनि मेगा बैंकको नै रहने जनाइएको छ । हाल मेगा बैंकको चुक्ता पूँजी १० अर्ब ३८ करोड छ भने गण्डकी विकास बैंकको २ अर्ब ७५ करोड रहेको छ । मर्जरपछि मेगा बैंकको चुक्ता पूँजी १३ अर्ब १३ करोड नाघ्नेछ।
चालू आवको तेस्रो त्रैमाससम्म मेगाले १ अर्ब ४५ करोड १० लाख ९० हजार र गण्डकीले ३६ करोड ९५ लाख ३६ हजार खुद नाफा गरेका छन् । यस अवधिसम्म मेगाको वितरणयोग्य नाफा ४५ करोड ९८ लाख ४७ हजार र गण्डकीको ३ करोड २८ लाख ३२ हजार रहेको छ ।
मेगाको प्रतिशेयर आम्दानी १८.८३ र गण्डकीको १७.९२ रुपैयाँ तथा प्रतिशेयर नेटवर्थ क्रमशः १३२.१९ र १४२.०७ रुपैयाँ रहेको छ । दुई बैंकको गत जेठ २१ गते सम्पन्न छुट्टाछुट्टै विशेष साधारणसभाले एक आपसमा मर्जर तथा प्राप्तीको विशेष प्रस्ताव पारित गरेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण