सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

कोरोना नियन्त्रणका लागि फेरि ५५ करोडभन्दा बढी निकासा

शनिबार, १३ असार २०७७, ०७ : १६
शनिबार, १३ असार २०७७

काठमाडौं – सरकारले कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि प्रदेश, स्थानीय तह र सेनालाई गरी ५५ करोडभन्दा बढी निकासा गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको कोरोना संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषले गत बुधबार सो रकम निकासा दिएको हो ।

कोष सञ्चालक समितिका अध्यक्ष रहेको राष्ट्रिय योजना आयोगका उपाध्यक्षले पुष्पराज कँडेलको अध्यक्षतामा बसेको सञ्चालक समितिको बैठकले प्रदेश, स्थानीय तह र सेनालाई गरी ५५ करोडभन्दा बढी रुपैयाँ दिने निर्णय गरेको हो । 

सरकारले लगातार करोडौं रुपैयाँ निकासा गरे पनि प्रदेश तथा स्थानीय तहमा कोरोना रोकथाम नियन्त्रण भने प्रभावकारी बन्न सकेको छैन भने क्वारेन्टिनसमेत अव्यवस्थित छन् । यो समाचार आजको राजधानी दैनिकमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप