बाँच्न चाहन्छु
शनिबार, १३ असार २०७७, ११ : २८
–प्रकाश आचार्य
हिर्काऊ बेतोडले मेरो टाउकोमा
र खल्बल्याइदेऊ मस्तिष्क
बरु बसुँला बौलाउँदै
हिर्काऊ बेस्सरी शरीरमा
र बनाइदेऊ रक्तमुछेल
सहुँला दुखाइ चुपचाप ।
झिकिदेऊ आँखाहरु
र बनाइदेऊ दृष्टिविहीन
नहेरुँला यो ब्रह्माण्ड
झिकिदेऊ आधा फोक्सो
र बनाइदेऊ दीर्घरोगी
फेरुँला आधै श्वास ।
काटिदेऊ हात–खुट्टाहरु
र बनाइदेऊ अपाहिज
नटेकुँला धर्ती
नछोउँला माटो ।
तर खबरदार !
समाजले अछुत भनेकै निहुँमा
(म) लाई अल्पआयुमै मार्न नखोज
किनकि–
विक्षिप्त
दृष्टिविहीन
रोगी
अपाहिज
अनि घाइते नै बने पनि
या तिमीले भनेझैँ दलित नै भए पनि
तिमी जस्तै नागरिकको हैसियतमा
बाँँच्ने अधिकार मेरो पनि छ यो देशमा
र त भनिरहेछु (म) लाई बाँच्न देऊ
म मेरो पूरा आयु बाँच्न चाहन्छु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण