विश्वभर कोरोबाट संक्रमित हुनेको संख्या १ करोड नजिक
विश्वमा कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि हुने व्यक्तिको सङ्ख्या १ करोड नजिक पुगेको छ ।
वर्ल्डोमिटर्सका अनुसार शनिबार मध्यान्हसम्म ९९ लाख १२ हजार बढीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
यस्तै मृत्यु हुनेको सङ्ख्या बितेको २४ घण्टामा पाँच हजार ११६ रहेको छ भने शनिबारसम्म विश्वभर कोभिड–१९ को महामारीका कारण मृत्यु हुनेको कूल सङ्ख्या चार लाख ९७ हजार ६७ पुगेको समाचारमा जनाइएको छ ।
विश्वमा कोभिड–१९ महामारीका कारण सबैभन्दा बढी सङ्क्रमित तथा मृतकको अमेरिकामा रहेको छ भने यूरोपमा करिब २६ लाख सङ्क्रमित रहेका छन् । त्यस्तै एशियामा २१ लख २२ हजारभन्दा बढी व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ ।
सङ्क्रमणका आधारमा भन्ने हो भने कोरोनाभाइबाट बढी प्रभावित हुने मुलुकहरूमा क्रमशः अमेरिका, ब्राजिल, रूस, भारत बेलायत स्पेन पेरू, चिली, इटाली र इरान रहेका छन् । दक्षिण एशियाली मुलुकहरूमा भारत सबैभन्दा बढी प्रभावित मुलुक हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा
-
जर्मनीको सुरुवाती अग्रता
-
फिफा विश्वकप २०२६ः जर्मनीको सुरुवाती अग्रता
-
नवप्रवेशीमाथि हाबी तर २०१८ र २०२२ को टिठलाग्दो इतिहास बोकेको जर्मनी
-
एबीसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
-
अमेरिका र इरानबिचको सम्झौतामा ‘उल्लेखनीय सुधार’ हुँदैन : पूर्वराष्ट्रपति ओबामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण