निर्माण सम्पन्न भएको साता नबित्दै भत्कियो नाला
बाराको कलैया उपमहानगरपालिका–२ मा निर्माण गरिएको नाला एकसाता नबित्दै भत्किएको छ । स्थानीयवासीले ठेकेदार कम्पनीले कमसल निर्माण सामग्रीको प्रयोग गरेको आरोप लगाएका छन् ।
शहरी विकास मन्त्रालयले बोलपत्र आह्वान गरी शहरी विकास कार्यालय वीरगञ्जले ठेक्का सम्झौता गरेको जनाइएको छ । उनीहरुले कार्यालयका कर्मचारी तथा ठेकेदार कम्पनीको मिलेमतोमा कमसल निर्माण सामग्रीको प्रयोग हुँदा नाला भत्किएको जनाएका छन् ।
कलैया उपमहानगरपालिकाभित्र सडक स्तरोन्नति तथा मर्मत गर्न आशिष ओंम साई कन्ट्रक्सन जेभीले २०७६ वैशाख १६ गते ठेक्का पाएको थियो । सो आयोजनाको कुल लागत रु ४८ करोड २२ लाख ५७ हजार ६८९ रहेको छ ।
सडक विस्तार कार्यलाई चार भागमा विभाजन गरी ठेकेदार कम्पनी जेभिले कलैया उपमहानगरपालिका–२ को दोहोरी स्कुलदेखि पकडी गाउँसम्म निर्माण गरिरहेको नालामा कमसल सामग्री प्रयोग गरी बनाएकाले नाला चुहिने गरेको स्थानीय उपेन्द्र यादवले बताए ।
उनले ८७ सेन्टि मिटर अग्लो नाला भत्किदा नालाको पानी स्थानीयको घर खेतमा पसेको जानकारी दिनुभयो । कार्यालयका इञ्जिनियर धिरेन्द्र यादवले निर्माणको अनुगमन गरिने र भत्किएको भए पुन निर्माण गर्न लगाउने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशबाट रास्वपाले कसरी छान्छ महाधिवेशन प्रतिनिधि ?
-
दैलेखमा बालिकालाई जबरजस्तीकरणी आरोपमा एक जना पक्राउ
-
रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइयाे, तस्बिरहरू
-
वैदेशिक रोजगार विभागको सक्रियता : एकै दिन २९ नयाँ जाहेरी दर्ता, ९ जना पक्राउ
-
‘सम्पत्ति छानबिन आयोग असंवैधानिक’ भन्दै पूर्वन्यायाधीश खतिवडाले सार्वजनिक गरे सम्पत्ति विवरण
-
जुलियन किन्योनेसः रोनाल्डोलाई पछि पार्ने सुपरस्टार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण