चितवन मेडिकल कलेजमा ३० श्ययाको कोभिड आइसियू
चितवन मेडिकल कलेजले ३० श्ययाको कोभिड–१९ सघन उपचार कक्ष स्थापना गरेको छ । कोरोना सङ्क्रमण भएकाहरुको उपचारका लागि अस्पतालले सघन उपचार कक्ष स्थापना गरेको हो ।
सो कक्षको आज रोटरी इन्टरनेशनल वर्ष २०२१÷२२ का प्रेसिडेन्ट शेखर मेहता, डिष्ट्रिक्ट ३२९२ का गभर्नर किरणलाल श्रेष्ठ र प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले उद्घाटन गरेका हुन् ।
मेहताले सामाजिक सञ्जालमार्फत सम्बोधन गरेर र श्रेष्ठ एवं भट्टराई प्रत्यक्ष उपस्थित भएर उद्घाटन गरेका हुन् । कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्राडा हरिशचन्द्र न्यौपानेले ३० श्यया भेन्टिलेटरसहितको सुविधासम्पन्न सघन उपचार कक्ष हुने बताए।
भेन्टिलेटरमा रोटरी फाउन्डेशनले सहयोग गरेको हो । न्यौपानेका अनुसार यो सघन उपचार कक्ष कोभिड–१९ उपचारका लागि नेपालकै सबैभन्दा ठूलो र सुविधासम्पन्न हुनेछ । हाल चारवटा भेन्टिलेटर भए पनि १५ दिनभित्र ३० वटै भेन्टिलेटर आइपुग्नेछ ।
स्वास्थ्य मन्त्रालयमा कोभिड–१९ उपचारका लागि अनुमति माग गरिएको भन्दै उहाँले पिसिआर प्रयोगशालासमेत तयारी अवस्थामा रहेको बताउनुभयो । मन्त्रालयले अनुमति दिएसँगै सघन उपचार कक्ष र प्रयोगशाला सञ्चालनमा आउने उनको भनाइ छ । अस्पतालले रु पाँच करोड खर्च गरेर प्रयोगशाला तयारी गरेको होे भने कोभिड–१९ सघन उपचार कक्षका लागि रु २५ करोड हाराहारी खर्च भएको उनले जानकारी दिए ।
सोही मेडिकल कलेजका प्राविधिकहरुले अहिले पनि भरतपुर कोभिड–१९ प्रयोगशालामा काम गरिरहेका छन् । यस मेडिकल कलेजले भरतपुर कोरोना अस्पताल, माडी र भरतपुर महानगरपालिका–५ मा श्यया उपलब्ध गराएर सहयोग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजमा इरानको कडाइ, नियम उल्लङ्घन गरेको भन्दै फर्काइरहेछ जहाज
-
यी चिजसँग खानु हुँदैन बदाम
-
आँपको उत्पादन बढ्यो, घटेन मूल्य
-
कहाँ पुग्यो कोरियामा दक्ष श्रमिक पठाउने ‘ई–७ भिसा’ प्रक्रिया ?
-
सांसद गणेश पौडेलमाथि कालो मसी प्रहार प्रकरण : गरुडा प्रहरीमा जाहेरी
-
भारतीय सेनाकी पहिलो महिला मुक्केबाज ज्यास्मिन लाम्बोरिया, ग्लासगोमा स्वर्णको आस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण