नेपाल भारत सीमामा ५ मिटर अग्लो पर्खाल लगाउनुपर्छ : वामदेव गौतम
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले नेपाल भारतबीचको खुल्ला सीमाना वन्द गरी प्रवेसाज्ञा प्रणाली लागु गर्नु पर्ने बताएका छन् । उनले त्यस्तो प्रवेशाज्ञा भने निःशुल्क उपलव्ध गराउनुपर्ने जनाएका छन् । शनिबारको स्थायी समिति बैठकमा गौतले राखेको ६ बुँदे धारणा आइतबार सार्वजनिक गर्दै सिमानामा दुवै राष्ट्रको हितका निम्ति दशगजाको दुवैतर्फ ५ मिटर अग्ला पर्खाल पनि लगाउनु पर्ने बताएका हुन् ।
उपाध्यक्ष गौतमले दुवै छिमेकी राष्ट्रसँंग रहेका नेपालका कुनै पनि समस्या समाधान गर्न युद्ध गर्ने कुरा कल्पना पनि गर्न नसकिने भन्दै शान्ति वार्ताबाट नै समस्या समाधान गर्नु पर्नेमा जोड दिएका छन् ।
त्यस्तै गौतमले महाकालीनदीको एकिकृत विकास सम्वन्धि सन्धि राष्ट्रघाती छ भनेर संयोजकको ह्वीप उल्लंघन गरेको आरोपमा तत्कालीन एमालेले आफु सहितका १६ जना एमालेका शीर्षस्थ नेताहरुलाई पार्टीबाट अन्यायपूर्वक निष्कासन गरिएको थियो स्मरण गराउदै पार्टी विरोधी भनेर लगाइएको आरोपसहित पार्टीबाट निष्कासन गर्ने त्यसवेलाको एमालेले गरेको निर्णय गलत थियो भनेर अहिले निर्णय गरियोस भनेर पनि माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण