नेपाल भारत सीमामा ५ मिटर अग्लो पर्खाल लगाउनुपर्छ : वामदेव गौतम
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले नेपाल भारतबीचको खुल्ला सीमाना वन्द गरी प्रवेसाज्ञा प्रणाली लागु गर्नु पर्ने बताएका छन् । उनले त्यस्तो प्रवेशाज्ञा भने निःशुल्क उपलव्ध गराउनुपर्ने जनाएका छन् । शनिबारको स्थायी समिति बैठकमा गौतले राखेको ६ बुँदे धारणा आइतबार सार्वजनिक गर्दै सिमानामा दुवै राष्ट्रको हितका निम्ति दशगजाको दुवैतर्फ ५ मिटर अग्ला पर्खाल पनि लगाउनु पर्ने बताएका हुन् ।
उपाध्यक्ष गौतमले दुवै छिमेकी राष्ट्रसँंग रहेका नेपालका कुनै पनि समस्या समाधान गर्न युद्ध गर्ने कुरा कल्पना पनि गर्न नसकिने भन्दै शान्ति वार्ताबाट नै समस्या समाधान गर्नु पर्नेमा जोड दिएका छन् ।
त्यस्तै गौतमले महाकालीनदीको एकिकृत विकास सम्वन्धि सन्धि राष्ट्रघाती छ भनेर संयोजकको ह्वीप उल्लंघन गरेको आरोपमा तत्कालीन एमालेले आफु सहितका १६ जना एमालेका शीर्षस्थ नेताहरुलाई पार्टीबाट अन्यायपूर्वक निष्कासन गरिएको थियो स्मरण गराउदै पार्टी विरोधी भनेर लगाइएको आरोपसहित पार्टीबाट निष्कासन गर्ने त्यसवेलाको एमालेले गरेको निर्णय गलत थियो भनेर अहिले निर्णय गरियोस भनेर पनि माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्मा कांग्रेसले असभ्य व्यवहार देखायो : ओली
-
राष्ट्रियसभा बैठक आइतबारसम्म स्थगित
-
आपसी सहकार्यलाई अझ सुदृढ बनाउँदै लैजानुपर्छ : प्रधानन्यायाधीश श्रेष्ठ
-
प्रधानमन्त्रीले छलफलका लागि कांग्रेसका नेताहरूलाई बोलाए
-
बानेश्वरमा राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठक
-
सुर्खेत गोलीकाण्डका मुख्य अभियुक्त गिरी पक्राउ