प्रदेश १ को प्रदेशसभा बैठकमा सकियो छलफल
मोरङ । प्रदेश नं १ को प्रदेशसभा बैठकमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र भौत्तिक पूर्वाधार विकास मन्त्रालयसँग सम्बन्धित शीर्षकमाथिको छलफल आज समाप्त भएको छ ।
प्रदेशको समृद्धि र विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरिने सो मन्त्रालयले विनियोजन गरेको बजेटमाथि अधिकांश सदस्यले खुशी व्यक्त गर्दै छनोटमा परेका योजना समयमै सम्पन्न गराउन मन्त्रालयले विशेष ध्यान दिनुपर्ने भनाइ राखेका छन् । उनीहरुले मुख्यन्त्री ग्रामीण सडक र विशेष प्राथमिकतामा परेका सडकका लागि विनियोजन भएको बजेट समयमै खर्च गर्ने व्यवस्था मिलाउन मन्त्रालयको ध्यानाकर्षण गराउँदै जनतासँग प्रत्यक्ष जोडिने सो मन्त्रालयले सांसदहरुको महत्व र गरिमालाई ख्याल राख्न छलफलमा आवाज उठाएका छन् ।
उनीहरुले गरिबी निवारणमा ठोस योजना ल्याउनुपर्ने, जनता आवास कार्यक्रम तीव्र गतिमा सञ्चालन हुनुपर्ने भन्दै सिँचाइ र खानेपानी संस्थानमा व्यापक भ्रष्टाचार हुने गरेकाले यसतर्फ मन्त्रालय गम्भीर बन्नुर्नेमा जोड दिइन् । उनीहरुले कोभिड–१९ को बहानामा धेरै योजना काटिएको र नयाँ योजना थपिएका प्रतिचिन्ता व्यक्त गर्दै सदस्यहरुलाई थाहै नदिइ छिर्ने योजनाका बारेमा छलफल गर्नु आवश्यक रहेको बताए ।
छलफलमा प्रदेशसभा सदस्य उत्तमकुमार बस्नेत, एकराज कार्की, केदार कार्की, खिनु लाम्बा लिम्बू, तुलसीप्रसाद न्यौपाने, नारायणबहादुर मगर, बलबहादुर साम्सुहाङ, बिर्खबहादुर प्रधान, मोहनकुमार खड्का, राजेन्द्रकुमार राई, लक्ष्मण तिवारी, वसन्तीदेवी यादव, हिमाल कार्की र हिराकुमार थापालगायतले बोलेका थिए । अर्को बैठक सोमबार दिउँसो १२ः०० बजे बस्ने सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण