पहाडतिर लाग्यो सलह
बुटवल – शनिबार तराई जिल्लामा भित्रिएको सलह पाल्पा, गुल्मी, अर्घाखाँचीलगायत पहाडी जिल्लामा पुगेको छ । सलहले तराई क्षेत्रमा ठूलो क्षति नगरे पनि पहाडी जिल्लाहरूमा क्षति पुग्ने भएकाले सचेत हुन अधिकारीहरूले सचेत गराएका छन् ।
आइतबार बसेको प्रदेश सभाको बैठकमा यसबारे बोल्दै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले सलहविरुद्ध विशेष राहत प्याकेज ल्याएको बताए ।
पाल्पामा पसे
तानसेन समाचारदाता शनिबार बेलुकी पाल्पा छिरेको सलह कीरा जिल्लाको विभिन्न स्थानमा देखिएको छ । आइतबार जिल्लाको तिनाउ गाउँपालिकाका विभिन्न स्थानका जङ्गलमा बसेको र रैनादेवी छहरा गाउँपालिकाको वडा नं. ४ को जङ्गल क्षेत्रमा उडेको अवस्थामा देखिएको छ ।
गुल्मीमा पनि छिरे
तम्घास समाचारदाताका अनुसार रुपन्देही हुँदै पाल्पासम्म सलह कीरा आएपछि गुल्मीका किसानहरूमा त्रास छाएको छ । आइतबार गुल्मीको आकासमा एकैसाथ धेरै कीरा देखिएपछि स्थानीयवासी आतङ्कित बने । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण