भीड जम्मा गरेर मुख्यमन्त्रीले गरे जग्गा चक्लाबन्दीको उद्घाटन
–सौगात पोखरेल
कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्याङ्जाको पुतलीबजार ४ मा रहेको गोठे फाँटमा जग्गा चक्लाबन्दीको उद्घाटन गरेका छन् । मुख्यमन्त्री गुरुङले रिवन काटेपछि ट्याक्टर चढेर चक्लाबन्दीको उद्घाटन गरेका हुन् ।
उद्घाटनपछि सञ्चारकर्मीसँग बोल्दै मुख्यमन्त्री गुरुङले जग्गा चक्लाबन्दी र आधुनिक कृषि उपकरणको प्रयोगमार्फत मात्र कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउन सकिने धारणा राखे । स्याङ्जामा कोरोना संक्रमितको संख्या बढेपछि भिडभाड गर्न रोक लगाइएको भएपनि मुख्यमन्त्रीकै उपस्थितिमा भिडभाडको बीचमै चक्लाबन्दी कार्यक्रमको उद्घाटन गरिएको छ ।
उद्घाटनका लागि मुख्यमन्त्री ट्याक्टरमा बस्दै गर्दा उनका सुरक्षाकर्मीहरु भने ट्याक्टरको जोखिमपूर्ण भागमा बसेर उनको सुरक्षामा खटिरहेका देखिन्थे । कोरोना संक्रमण जोखिमका कारण संघीय सरकारले २५ जनाभन्दा बढी जम्मा भएर कार्यक्रम गर्न नपाउने कार्यविधिलाई मुख्यमन्त्री र मन्त्रीहरुले नै रोपाईं महोत्सवका नाममा उल्लंघन गरेका छन् ।
प्रदेशका कृषिमन्त्री लेखबहादुर थापा पनि सोमबारै जग्गा चक्लाबन्दी उद्घाटन गर्न तनहुँको बन्दीपुरतिर लागेका छन् । बन्दीपुर स्वास्थ्यकर्मीलाई नै कोरोना देखिएपछि गाउँपालिका शिल गरिएको थियो । तर गाउँपालिकाकै आयोजनामा सोमबारै भीडभाड गरेर कार्यक्रम गरिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण