बेहुलाको मृत्यु, विवाहमा सरिक भएका ९५ पाहुना कोरोनाद्वारा संक्रमित
भारतको पटनास्थित एक विवाह समारोहमा सरिक भएका ९० जना बढीमा कोरोनाभाइरसको संक्रमण देखिएको छ । गुरुग्रामका सफ्टवेयर इन्जिनियर ३० वर्षका बेहुलाको विवाहको दुई दिनपछि मृत्यु भएको छ ।
संक्रमणको लक्षण देखिएता पनि उनको कोभिड–१९ परीक्षण बिना नै अन्तिम संस्कार गरिएको छ ।
पटनाको जिल्ला प्रशासनलाई बेहुलाको मृत्यु भएको थाहा भएपछि उनका नजिकका आफन्तको कोरोनाभाइरस परीक्षण गरिएको थियो । जुन १५ तारिखमा आयोजित विवाहमा सरिक भएका १५ जनामा कोरोनाभाइरस पुष्टि भयो ।
त्यसपछि प्रशासनले कन्ट्याक्ट ट्रेसिङ सुरु गर्यो । सोमबार ८० जनाभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
पटनाको प्रशासनले बेहुलाको भने कोभिड–१९ परीक्षण गर्न पाएन किनभने उनको परिवारले कुनै जानकारी बिना नै अन्तिम संस्कार गरिसकेका थिए ।
स्रोतका अनुसार ३० वर्षे बेहुला मे १२ तारिखमा विवाहका लागि आफ्नो देहपाली गाउँ फर्किएका थिए । त्यतिबेला उनलाई कोरोनाभाइरसको लक्षण देखिएको थियो । लक्षणलाई वास्ता नगरी उनको परिवारले विवाहको कार्यक्रम अघि बढाए ।
विवाह गरेको दुई दिनपछि उनको स्वास्थ्य अवस्था नाजुक भयो । अस्पताल पुर्याउने क्रममा नै उनको मृत्यु भयो ।
बेहुुलाको मृत्यु भएपछि विवाहमा सरिक भएका सबै पाहुनाको कोरोना परीक्षण गरियो । ९५ जनामा कोरोनाभाइरस संक्रमण देखिएपनि बेहुलीको रिपोर्ट भने नेगेटिभ आएको छ ।
प्रशासनले बेहुलाको परिवारले नियमको व्यापक उल्लंघन गरेको बताएको छ ।
यसका साथै विवाहमा ५० जना मात्रै सरिक हुन पाउने नियमको पनि उल्लंघन गरिएको प्रशासनले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण