सामसङले चार वटा स्मार्टफोनको मूल्य घटायो, मोडलअनुसार आठ हजारसम्म छुट
काठमाडौं– सामसङले आफ्नो चार वटा स्मार्टफोन मोडलहरुमा मूल्य कम गरेको छ ।
पहिले रु. ६७,५९९ रहेको सामसङ ग्यालेक्सी नोट १० लाइट अब रु. ५८,९९९ मा उपलब्ध भएको छ । कम्पनीले यसमा रु. ८,६०० को छुट उपलब्ध गराएको छ । ग्यालेक्सी नोट १० लाइट मा ट्रिपल क्यामेरा, 6.7" SAMOLED डिस्प्ले, एयर एक्सन रहेको एस–पेन, सुपर फास्ट चार्जिङ भएको ४,५००mAh ब्याट्री र १ टीबीसम्म एक्स्पान्डेबल सुविधा सहित १२८ जीबी स्टोरेजरहेको छ ।
त्यसैगरी, खरिदकर्ताहरुलाई आकर्षित गर्न कम्पनीले ग्यालेक्सी ए७१ र ए५१ को पनि मूल्य घटाएको छ । अब ए७१ को मूल्य रु. ४९,९९९ कायम गरिएको छ । यसमा रहेको उत्कृष्ट 16.95cm (6.7") Infinity-O sAMOLED+ डिस्प्लेले आकर्षक भिडियो क्वालिटी दिन्छ र साथै उत्कृष्ट ६४एमपी क्यामेराले तस्विरहरु जीवन्त खिच्छ ।

ग्यालेक्सी ए५१ को नयाँ मूल्य रु. ३९,९९९ कायम गरिएको छ । ग्यालेक्सी ए५१ मा रहेको 16.40cm (6.5") Infinity-O sAMOLED डिस्प्लेमा आकर्षक भिडियो क्वालिटी देख्न सकिन्छ । साथै, द्धडःए त्तगबम क्यामेराबाट उत्कृष्ट फोटो र भिडियो खिच्न सकिन्छ ।

ग्यालेक्सी ट्याव ए१०.१ मा कम्पनीले रु. २,००० क्यासब्याक अफर ल्याएको छ जसकारण यसको मूल्य अब रु. ३२,२९९ कायम भएको छ । यसमा रहेको 25.54cm (10.1") FHD डिस्प्ले र किड्स मोडका कारण यो बालबालिकाहरुको लागि उपयुक्त रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण