संगीतकार अर्जुन र दुर्गाले कसे लगनगाँठो
शुक्रबार, १९ असार २०७७, १२ : ५९
काठमाडौं – संगीतकार अर्जुन पोखरेल र गायिका दुर्गा खरेल बैवाहिक जीवनमा बाँधिएका छन् । काठमाडौंको बुढानिलकण्ठ मन्दिरमा उनीहरुले शुक्रबार बिहान लगनगाँठो कसेका हुन् ।
कोरोनाका कारण सरकारले बनाएको नियम पालना गर्दै उनीहरुले सिमित आफन्त र परिवारजनको उपस्थितीमा विवाह गरेका हुन् ।
विगत ७ बर्षदेखि अनुराग संगीत विद्यालयमा एक साथ काम गर्दै आएका यी दुबैले लामो समयको प्रेमलाई बैवाहिक जीवनमा परिणत गरेका हुन् ।
‘बैशाखमा बिवाह गर्ने तयारी थियो । कोरोनाको कारण हुन सकेन’ अर्जुनले भने ‘आफन्तको बिमारी समस्याले पछि जानपनि उचित देखिए । त्यसैले अहिले बिवाह गरेका हांै ।’
अर्जुन चलचित्र तथा साधुनी संगीतका पछिल्लो समयका सफल संगीतिकार हुन् भने गायिका दुर्गा पनि गायनमा सफल तथा चर्चित रहेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण