बागलुङको क्वारेन्टिनमा मृत्यु भएका युवकको कोरोना रिपोर्ट पोजेटिभ
पोखरा । बागलुङको क्वारेन्टिनमा मृत्यु भएका युवकको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । बागलुङको ढोरपाटन नगरपालिका ४ खुंगाको क्वारेन्टाइनमा बसेका उनको गएराति मृत्यु भएको थियो ।
उनको दिउँसो आइतबार मात्रै रिपोर्ट आएको हो । जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजूका अनुसार फोक्सोमा समस्या देखिएपछि उपचारको लागि भारत गएका उनी असार ३ गते मात्रै बागलुङ आएका थिए ।
क्वारेन्टाइनमा बसेका मृतकका ५ आफन्तको स्वाब लिइएकोमा ३ जनाको रिपोर्ट नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी सैंजूले जानकारी दिए । मृतकका छोरा(बालक)को भने रिपोर्ट अझैं आइनसकेको उनले जानकारी दिए ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको थियो । अहिले उनको शव व्यवस्थापनको तयारी थालिएको छ ।
यसअघि प्रदेशभित्र स्याङ्जाका दुई र गोरखाका एक जनाले कोरोना संक्रमणबाट ज्यान गुमाइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण