बाढीमा परेर जापानमा २० को मृत्यु, कयौँ अस्पतालमा भर्ना
एजेन्सी । जापानमा व्यापक वर्षासँगै आएको बाढी, पहिरो र डुवानमा परेर कम्तीमा २० जनाको मृत्यु भएको छ । घटनामा परेका अरु केहीलाई उद्धार गरेर उपचारका लागि अस्पताल लगिएको अधिकारीहरुले जानकारी दिएका छन् ।
कुमामोटो क्षेत्रमा हेलिकोप्टर र झण्डै दश हजार सुरक्षाकर्मीहरु परिचालन गरी उद्धार गरिएको थियो । त्यसैगरी बन्दरगाह सुरक्षाकर्मी, अग्नि नियन्त्रकलगायतलाई पनि खोजी तथा उद्धारका लागि खटाइएको थियो ।
बाढीका कारण कुमा नदी वरीपरी रहेका दर्जनौ घर, सवारी साधनलगायतका भौतिक संरचनाहरु क्षतिग्रस्त भएका छन् । अधिकांश घरहरुको छानोसम्म डुबान भएको अधिकारीहरुले जनाएका छन् । उद्धारकर्ताहरूले डुवानमा परेको क्षेत्रका बासिन्दालाई घरको छतमा बस्न र उद्धारका लागि खबर गर्न आह्वान गरेका छन् । खबर आएकाहरुलाई सैनिक र हेलिकोप्टरबाट उद्धार पनि गरिएको छ ।
डुवानमा परेकाहरुलाई खोजी तथा उद्धार कार्य जारी रहेको उद्धार कार्यमा खटिएका अधिकारीहरुले जानकारी दिएका छन् । गत शुक्रबार आएको बाढीका कारण कुमामोतो र कागोशिमाका झण्डै ७५ हजार मानिस प्रभावित भएका छन् ।
बाढीका कारण विद्युत, सञ्चार, सडकलगायतका सेवा अबरुद्ध भएका छन् । कुमामोतोका मात्रै छ हजार घरमा विद्युत सेवा टुटेको छ । प्रधानमन्त्री सिन्जो आवेले घटनास्थलमा खोजी तथा उद्धार गर्न र उनीहरुलाई राहतको व्यवस्था गर्न विषेश टोली खटाएका छन् । डुवानमा परेकाहरुलाई अन्यत्र स्थानान्तरण गर्नुपर्ने अवस्था रहेको जनाइएको उद्धारकर्ताहरुले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण