सलमानले बिग बस १४ का लागि बढाए पारिश्रमिक, कार्यक्रम प्रस्तुत गर्न लिनेछन् यति रकम
बिग बसको १३ औं संस्करण आफ्ना सबै सिजनमध्येको सबैभन्दा धमाकेदार रह्यो । बिग बस १३ को सफलतापछि अब ‘बिग बस १४’ को पनि तयारी सुरु भइसकेको छ । बिग बस १४ लाई पनि सलमान खानले नै होस्ट गर्नेछन् । भारतीय सञ्चार माध्यममा प्रकाशित खबरका अनुसार बिग बस १४ अक्टोबरदेखि अन एयर हुने सम्भावना छ । सलमान खानले यो सिजनका लागि आफ्नो पारिश्रमिक बढाएको पनि खबर छ ।
खबरमा बताइए अनुसार बिग बस १४ को हरेक एपिसोडका लागि सलमान खानले १६ करोड भारु पारिश्रमिक लिनेछन् । उनले बिग बस १३ का लागि करिब १२ देखि १४ करोड भारु लिएका थिए । हुन त सलमानले हरेक सिजनमा आफ्नो पारिश्रमिक बढाउने गर्छन् । यो सिजनमा एकपटक पुनः सर्वसाधारणको इन्ट्रि हुने अनुमान गरिएको छ किनभने पछिल्लो सिजनमा सेलिब्रिटीलाई पनि प्रवेश गरिएको थियो । बिग बस–१४ का लागि जेस्मिन भसिन, अलिशा पंवार, आरुषी दत्ता, आकांक्षा पुरी, आंचल खुराना, साहिल खान र आमिर सिद्धिकीजस्ता सेलिब्रिटीलाई अप्रोच गरिसकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले र नेकपाका दुई नेता मेन्याङ्बो र आङ्बोको दौडधुप बाक्लियो
-
भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण