फिल्म निर्माता संजय लीला भंसाली पुलिस स्टेशनमा, दुई फिल्मबाट सुशान्तलाई निकालेको आरोप
सुशान्त सिंह राजपूत आत्महत्या मामिलामा मुम्बई पुलिसले फिल्म निर्माता संजय लीला भंसालीसँग सोधपुछ गरिरहेको छ । गत हप्ता मुम्बई प्रहरीले भंसाली र शेखर कपुरसँग सोधपुछका लागि नोटिस पठाएको थियो । यसै अनुरुप सोमबार भंसालीलाई सोधपुछका लागि बोलाइएको छ । भंसाली ती आठ व्यक्तिमध्ये एक हुन् जसविरुद्ध विहारमा सुशान्तलाई आत्महत्या गर्न बाध्य पारेको भन्दै मुद्दा दर्ता भएको छ ।
संजय भंसाली करिब साढे १२ बजे गहिरो निलो रङको सर्ट, जिन्स र एन९५ मास्क लगाएर पुलिस स्टेशन पुगेका छन् । उनी करिब ११ बजे जुहुस्थित आफ्नो अफिस पुगेर करिब एक घण्टा आफ्नो लिगल टीमसँग कुराकानी गरेको भारतीय सञ्चार माध्यम दैनिक भास्करले बताएको छ ।
भंसालीसँग सोधपुछको कारणः
रिपोर्टका अनुसार भंसालीले ‘गोलियों की रासलीलाः रामलीला’ सुशान्तलाई अफर गरेका थिए । तर पछि उनले यो भूमिका रणवीरलाई दिए । उनले ‘बाजीराव मस्तानी’ का बेला पनि यस्तै गरेको उनीमाथि आरोप लागेको छ ।
बाजीराव मस्तानीका लागि पनि सुरुमा सुशान्तलाई अप्रोच गरिएको थियो तर पछि उनलाई हटाएर रणवीर सिंहलाई कास्ट गरिएको थियो । मुम्बई पुलिसले भंसालीसँग यी दुबै फिल्मबारे सोधपुछ गर्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य प्रणालीमा सुधार ल्याउन रोग लाग्न नदिने अवस्था बनाउनुपर्छ : महामन्त्री थापा
-
सर्लाहीको लालबन्दीका तीन विपन्न परिवारलाई घर
-
काठमाडौँको बत्तिसपुतलीमा युवकको हत्या
-
‘विद्यार्थी महोत्सव’ले विद्यार्थी आन्दोलनको स्वरूप नै बदल्नेछ : संयोजक गिरी
-
श्रीमान् बचाउन खोज्दा श्रीमतीको ज्यान गयो
-
गण्डकी प्रदेशका सात स्रष्टा सम्मानित