फिल्म निर्माता संजय लीला भंसाली पुलिस स्टेशनमा, दुई फिल्मबाट सुशान्तलाई निकालेको आरोप
सुशान्त सिंह राजपूत आत्महत्या मामिलामा मुम्बई पुलिसले फिल्म निर्माता संजय लीला भंसालीसँग सोधपुछ गरिरहेको छ । गत हप्ता मुम्बई प्रहरीले भंसाली र शेखर कपुरसँग सोधपुछका लागि नोटिस पठाएको थियो । यसै अनुरुप सोमबार भंसालीलाई सोधपुछका लागि बोलाइएको छ । भंसाली ती आठ व्यक्तिमध्ये एक हुन् जसविरुद्ध विहारमा सुशान्तलाई आत्महत्या गर्न बाध्य पारेको भन्दै मुद्दा दर्ता भएको छ ।
संजय भंसाली करिब साढे १२ बजे गहिरो निलो रङको सर्ट, जिन्स र एन९५ मास्क लगाएर पुलिस स्टेशन पुगेका छन् । उनी करिब ११ बजे जुहुस्थित आफ्नो अफिस पुगेर करिब एक घण्टा आफ्नो लिगल टीमसँग कुराकानी गरेको भारतीय सञ्चार माध्यम दैनिक भास्करले बताएको छ ।
भंसालीसँग सोधपुछको कारणः
रिपोर्टका अनुसार भंसालीले ‘गोलियों की रासलीलाः रामलीला’ सुशान्तलाई अफर गरेका थिए । तर पछि उनले यो भूमिका रणवीरलाई दिए । उनले ‘बाजीराव मस्तानी’ का बेला पनि यस्तै गरेको उनीमाथि आरोप लागेको छ ।
बाजीराव मस्तानीका लागि पनि सुरुमा सुशान्तलाई अप्रोच गरिएको थियो तर पछि उनलाई हटाएर रणवीर सिंहलाई कास्ट गरिएको थियो । मुम्बई पुलिसले भंसालीसँग यी दुबै फिल्मबारे सोधपुछ गर्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण