रूपन्देही सामूहिक हत्याकाण्डः सिंजाली पुर्पक्षका लागि जेल चलान
रुपन्देही । रूपन्देहीको तिलोत्तमा नगरपालिका–१० मैनहवाका सामूहिक हत्याका अभियुक्त झसेन्द्र सिंजाली पुर्पक्षका लागि जेल चलान भएका छन् ।
आइतबार जिल्ला अदालत रुपन्देहीका जिल्ला न्यायाधीश मातृका मरासिनीको एकल इजलासले सिंजालीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
अदालतको आदेशपछि अभियुक्त सिंजालीलाई जिल्ला कारागार भैरहवा पठाइएको ५ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी रवीन्द्र धानुकले जानकारी दिए ।
गत २७ जेठमा मैनहवास्थित कृष्णबहादुर पुनले सञ्चालन गर्दै आएको गंगादेवी कृषि फर्ममा ५ जनाको सामूहिक हत्या भएको थियो । सोही दिन घटनास्थलबाट सिंजालीलाई अर्धचेत अवस्थामा पक्राउ गरेको थियो ।
प्रहरी नियन्त्रणमा रहेका सिंजालीले पाँचैजनाको हत्या गरेको स्वीकारेका थिए । सिंजालीविरुद्ध जिल्ला अदालत रुपन्देहीमा कर्तव्य ज्यान मुद्दा परेको थियो । सोही मुद्दामाथि भएको बहसपछि रुपन्देहीले अभियुक्त सिंजालीलाई पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको हो ।
सिंजालीले रुपन्देहीकै सैनामैना नगरपालिका–५ का ४० वर्षीय माधव मुसहर, ३५ वर्षीया जानकी मुसहर, पोषराज मुसहर, करण चौधरी र आशीष चौधरीको सामूहिक हत्या गरेका थिए ।
सिंजालीले पाँचै जना मृतकलाई पहिला लाठी प्रहार गरेर बेहोस बनाई कोदालो (फरुवा)ले हानेर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
-
विपद्ले निम्त्याउँदैछ अर्बौंको क्षति, तर पूर्वतयारीमा सरकारको बेवास्ता
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य स्वार्थ बाझिने बैठकमा सहभागी हुन नपाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण