मेलबर्नमा पुनः लकडाउन, ५० लाखलाई घरबाट बाहिर निस्कन प्रतिबन्ध
अष्ट्रेलियाको सबैभन्दा दोस्रो ठूलो शहर मेलबर्नमा कोरोना संक्रमणको वृद्धिका कारण दोस्रो पटक लकडाउन लागू गरिएको छ ।
नयाँ आदेश अनुसार करिब ५० लाख मेलबर्नबासीलाई आफ्नो घरबाट बाहिर निस्कने अनुमती छैन । यद्यपि, अत्यावश्यक सेवाका लागि घरबाट बाहिर निस्कन भने दिइनेछ ।
स्थानीय प्रहरीका अनुसार शहरको चारैतिर घेराबन्दी गरिएको छ जसमा थुप्रै चेकपोइन्ट बनाइएका छन् । मंगलबार मात्रै भिक्टोरियाको दोस्रो राज्यको सीमालाई बन्द गरिएको छ ।
मेलबर्न भिक्टोरियाको राजधानी हो । अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिशनले बुधबार मेलबर्नबासीलाई भने, ‘तपाईंहरुले जे जति सहिरहनुभएको छ, त्यसको मूल्य पूरा देशले बुझेको छ । तपाईंहरु आफ्ना लागि र परिवारका लागि मात्रै यो सहिरहनुभएको छैन । पूरा अष्ट्रेलियाली समुदायका लागि यो प्रतिबन्ध सहिरहनुभएको छ ।’
भिक्टोरियाका प्रमुख डेनियल एन्ड्रूजले मंगलबार मेलबर्नमा लकडाउन लगाउने घोषणा गरेका थिए । मंगलबार शहरमा कोरोनाका १९१ संक्रमित देखिएका थिए । जबकी बुधबार मेलबर्नमा कोरोनाका १३४ संक्रमित भेटिएका थिए ।
यो अष्ट्रेलियाका अन्य शहरको तुलनामा सबैभन्दा धेरै हो ।
हालसम्म अष्ट्रेलियामा कोरोनाका ९ हजार बढी संक्रमित भेटिएका छन् भने यहाँ १०६ जना संक्रमितको मृत्यु भइसकेको छ ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा कांग्रेस संसदीय दलको बैठक सुरु, के विषयमा हुँदै छ छलफल ?
-
वीपीको चिन्तन गर्न सक्ने पार्टी निर्माण आवश्यक छ : कुन्दनराज काफ्ले
-
बीपी र पुष्पलालको वैचारिक दृष्टिकोणलाई समकालीन यथार्थसँग जोडेर नयाँ राजनीतिक बहस चलाउनु पर्छ: प्रलोपा
-
सुकुमबासीसँग घरजग्गा, सेयर, सवारी साधन र हिरा–जवाहरात खोजिँदै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण