कसैले पनि चिन्ता लिनुपर्दैन, राष्ट्र बैंकले हेर्छ : गभर्नर अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कर्जा तिर्न सकिएन भन्दैमा कुनै ऋणीले पनि चिन्ता लिनु नपर्ने बताएका छन् ।
मौद्रिक नीतिमा प्राप्त लिखित सुझाव उपर नेपाल राष्ट्र बैंकले गरेको छलफल कार्यक्रममा गभर्नर अधिकारीले मौद्रिक नीतिले वित्तीय क्षेत्रको मुहानदेखि अन्त्यसम्म सबैको समस्या समाधान गर्ने भन्दै चिन्ता नगर्न आह्वान गरेका हुन् ।
गभर्नर अधिकारीले ऋण तिर्ने क्षमता भएकाहरुले असार मसान्तभित्रै कर्जाका सावाँब्याज तिर्नुपर्ने भन्दै नसक्नेलाई मात्रै मौद्रिक नीतिले सम्बोधन गर्ने बताए । उनले मौद्रिक नीति साउनको पहिलो साता आउनु प्राविधिक विषय मात्रै भएकोले असार मसान्तमा आउनु र साउन पहिलो साता आउनुले कुनै फरक नपार्ने समेत दाबी गरे ।
उनले बैंकिङ क्षेको कर्जा प्रवाह जेठ मसान्तसम्म निकै कमजोर भए पनि अहिले बढ्न थालेको समेत बताए । ‘मैले हेर्दा जेठ पछि मात्रै ४० अर्बको थप ऋण गएको छ, जेठमा यो नेगेटिभ थियो । त्यसैले बैंकिङ क्षेत्र पनि आत्तिनुपर्ने अवस्था छैन’ अधिकारीले भने ।
छलफलको क्रममा आएका सुझावलाई इङ्गित गर्दै उनले राष्ट्र बैंकले त्योभन्दा परसम्म हेरेर मौद्रिक नीति ल्याउनुपर्ने अवस्था रहेको समेत बताए । ‘तपाइँहामी सबै क्षमतावान हौं । तर अझै परसम्म सोच्नुपर्छ । हामीले वृहत् रुपमै सहयोग गर्छौं’ उनले भने ।
नेपाल राष्ट्र बैंकले एक महिना लगाएर विभिन्न क्षेत्रको सुझाव संकलन गरेपछि आजबाट औपचारिक रुपमा मौखिक छलफल थालेको हो । राष्ट्र बैंकले यो वर्ष भर्चुअल मिटिङको माध्यमद्वारा त्यस्तो छलफल आयोजना गर्ने प्रणालीको सुरुवात समेत गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण