सिभिल मलका व्यवसायीले भाडा तिर्न नसकेपछि व्यवस्थापनलाई तालाचाबी बुझाउँदै
सिभिल मलका व्यवसायीले लकडाउनमा व्यापार व्यवसाय हुन नसक्दा भाडा समेत तिर्न नसक्ने भन्दै मल व्यवस्थापनलाई तालाचाबी बुझाउँने भएका छन् ।
मल सञ्चालकले व्यवसायीलाई ५० प्रतिशत भाडा असार २५ गतेभित्र बुझाउन भनेको थियो । तर सो भाडा तिर्न व्यवसायीहरु सक्षम नभएकाले आफूहरुसँग भएको सम्पति (पसल) नै व्यवस्थापनलार्ई जिम्मा लगाउन लागिएको सिभिल मल व्यवसायी संघका अध्यक्ष रत्न घिमिरेले बताए ।
यद्यपि सञ्चालकसँग भाडाको विषयमा सहमति गर्न अहिले पनि व्यवसायी छलफलमा छन् । यदि सो विषयमा सहमति नभएमा आजै १ बजे सबै व्यवसायीले सञ्चालकलाई तालाचाबी बुझाउँने घिमिरेको भनाइ छ ।
घिमिरे भन्छन्, ‘अहिले घरमा के खाने भन्ने भएको बेला यति धेरै रकम बुझाउन सकेनौ र हामीसँग भएको सम्पत्ति यहि पसल हो त्यसकारण पसलनै जिम्मा लगाउन खोजेका हौ । ’
मलमा एक लाख देखि ८ लाखसम्म पसलका भाडा रहेको छ । मलमा १ सय ६० भन्दा बढी पसल छ । २५ गतेसम्म ५० प्रतिशत भाडा नबुझाए २५ प्रतिशत मात्र छुट दिने व्यवस्थापनले भनेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण