भारतीय सञ्चारमाध्यमका सामग्रीप्रति निन्दा
शनिबार, २७ असार २०७७, १५ : ५०
मदन भण्डारी फाण्डेशनले केही भारतीय सञ्चारमाध्यमले नेपाल र नेपालका प्रधानमन्त्रीका बारेमा कपोलकल्पित सामग्री प्रसारण गरेकामा निन्दा गरेको छ ।
नेकपाका अध्यक्ष एवं फाण्डेशनका संरक्षक ओली र नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीलाई व्यक्तिगतरूपमा जोडेर उछालिएका सामग्रीले कूटनीतिक मर्यादा र पत्रकारिताको मूल्य मान्यतामा आघात पुगेको फाउण्डेशनको भनाइ छ ।
फाण्डेशनका सचिव पेम्बा लामाले आज विज्ञप्ति जारी गरी त्यस्ता दुर्नियतपूर्ण, कपोलकल्पित र आक्षेपपूर्ण समाचारको सम्बन्धमा समयमै कूटनीतिक माध्यमबाट खण्डन गर्न र आगामी दिनमा यस्ता कुप्रचार दोहोरिन नदिनका लागि कडा कदम चाल्न सरकारसँग आग्रह गरिएको छ । नेपालका आम सञ्चारमाध्यमलाई नेपाल र नेपालीको स्वाभिमान, स्वाधीनता र राष्ट्रियताको पक्षमा ठोस कदम चाल्नसमेत आग्रह गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
-
अमेरिकी सैन्य अखडामा इरानको जवाफी आक्रमण, खामेनेईको अन्त्येष्टिको तयारी
-
६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त
-
फेसबुक ह्याक गरी आफन्त बनेर रकम ठगी गर्ने आरोपमा एक जना पक्राउ
-
‘नेपाल विशेष सेवा ऐनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत
-
उमा भुजेलको संयोजकत्वमा नेपाल कम्युनिस्ट पार्टीको राष्ट्रिय भेला आयोजक समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण