अर्थतन्त्रको विश्वास जोगाउने गरी मौद्रिक नीति ल्याउने तयारी भइरहेको छ- राष्ट्र बैंक
काठमाडौं । अर्थतन्त्रको विश्वास जोगाउन वित्तीय उपकरणहरुलाई अहिलेको आवश्यकताअनुसार प्रयोग गर्नेगरी मौद्रिक नीति ल्याउने तयारी भइरहेको नेपाल राष्ट्र बैंकले बताएको छ । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं प्रवक्ता डा.गुणाकर भट्टले अर्थतन्त्रको विश्वास जगाउन वित्तीय उपकरणहरुलाई परम्परागतभन्दा आवश्यकतालाई ख्याल गरेर परिचालन गर्नेगरी मौद्रिक नीति ल्याउने तयारी भइरोखको बताए । उनले कर्जाको आधारदर डेढ वर्ष यता साढे १२ प्रतिशतबाट साढे ८ प्रतिशतमा झरेको बताए ।
बचतको वयाजदर घटाउँदा अर्थतन्त्रमा चुनौती थपिने र वित्तीय साधनको परिचालनको आधार नै बचत भएकाले बचत निरुत्साहीत हुनेगरी मौद्रिक नीति नआउने समेत भट्टले स्पस्ट पारे । उनले अर्थतन्त्रलाई सन्तुलित बनाउने गरी समस्टिगत आथिएक स्थायित्व कायम गर्ने मौद्रिक नीति ल्याउने तयारी भइरहेको बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले मौद्रिक नीतिबाट कर्जाको पुर्नतालिकिकरण गर्ने, ब्याजलाई पूँजीकरण गर्ने, नगद प्रवाहमा समस्या देखिएकाले पुरानो धितोमा थप २० प्रतिशत कर्जा दिनुपर्ने, व्याजदर कमगर्न र पुर्नकर्जामा सबै क्षेत्रलाई समावेस गर्ने व्यवस्था सहितको मौद्रिक नीति ल्याउन माग गरे ।
नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले कर्जाको ब्याजदर कमगर्न बैंकहरुलनई आधार दर घटाउन निर्देशित गर्नेगरी मौद्रिक नीति आउनुपर्ने बताए । उनले ब्याजको अन्तर ३ प्रतिशतमा कायम गर्ने र उद्योग, व्यवसायलाई सहयोग गर्ने तर्फ मौद्रिक नीति केन्द्रीत हुनुपर्ने बताए ।
नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले व्यवसायिक रुपमा बजारले निर्धारण गरेको ब्याजदरलाई स्वीकार गर्न आग्रह गरे । उनले मुद्रास्फीति भन्दा कम हुने गरी निक्षेपको ब्याजदर निर्धारण गर्न नसकिने स्पस्ट पारे ।
विगतमा १५/१६ प्रतिशत रहेको ब्याजदर अहिले एकल अंकमा झरेकाले बजारको आवस्यकता र माग अनुसार नै ब्याजदर निर्धारण भएको ढुङ्गानाले बताए । उनले अहिले उद्योगी व्यवसायीहरुले माग गरे अनुसार ५÷६ प्रतिशतमा कर्जाको ब्याजदर कायम गर्न नसकिने पनि स्पस्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक स्याहार सुधार्ने बेलायती प्रधानमन्त्रीको प्रतिबद्धता
-
मोटोपनको सिकार भइरहेका छन् इटालीका बालबालिका ?
-
परराष्ट्र मन्त्रालयको गतिविधिले कूटनीतिक इतिहास लेख्न गाह्रो भयो : इतिहासविद् पोखरेल
-
अब धादिङबाट ७ मिनेटमै काठमाडौँ, तीन महिनासम्म निःशुल्क सञ्चालन
-
माडी आउन निकुञ्जभित्रबाट सडक निर्माण हुन्छ : मन्त्री गौतम
-
सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण