जुम्लामा पुग्यो सलहको झुण्ड, बाली खान थाल्यो
जुम्लामा पनि सलह पुगेको छ । छिमेकी जिल्ला रुकुम र जाजरकोटमा पर्ने सीमावर्ती क्षेत्रमा देखिएको सलह जुम्लामा पनि पुगेको हो ।
यहाँको पातारासी गाउँपालिका १ र २ का केही बस्तीमा सलह किराको झुण्डहरु प्रवेश गरेको भेटिएको स्थानीयले बताएका छन् ।
सलहले मकै,गहुँ र आलु बारीमा क्षति पुर्याएको छ । जताततै सलह किराको झुण्ड देखिन्छ । सलहले घोगा लागिसकेको मकै सखाप पार्न थालेपछि किसान चिन्तित छन् ।
शुरुशुरुमा छिटफुट रुपमा देखिएपनि अहिले ठूलो झुण्डमा देखिन थालेका स्थानीय गोर्खबहादुर रावतले बताए ।
सलहले आलु र मकै बारीमा प्रवेश गरेर ठुलो नोक्सान गरेको उनले बताए ।
‘सलह भगाउनको लागि विभिन्न बाजा बजाउने, मान्छे कराउने गर्छन्’, ‘उनले भने, ‘तैपनि सलह भाग्दैनन् ।अहिले किसान तनावमा छन् ।’
यता पातारासी गाउँपालिकामा सलह किराको झुण्डहरु प्रवेश गरेकोले किसानलाई सचेत रहन आग्रह गरिएको छ । कृषि विकास शाखा संयोजक रुपक बुढाले सलह भगाउने अनेक प्रयास गरिएपनि नसकिएको बताए ।
पातारासीमा पहिलोपटक सलह देखिएको उनले जानकारी दिए । ठूलो आवाज निकाल्ने, धुँवा जस्ता विधिबाट सलहलाई तितरबितर पार्ने प्रयास भइरहेको छ । सानो क्षेत्रमा गरिएको खेतीमा झुल वा जालीले छोपेर बालीनाली बचाउने, विषादी प्रयोग गर्ने,लसुन पानी उमालेर छर्ने र जैविक विषादी समेतको प्रयोग गर्ने काम भएको गाउँपालिकाले जनाएको छ ।
सलहले मकैबाली सखाप पार्न थालेपछि भोकमरी हुन सक्ने भन्दै किसान चिन्तित हुन थालेका छन् । सलहले बालीमा अमेरिकी फौजी कीराले भन्दा बढि क्षति गर्छ ।
सलहले हरियो वनस्पतिलाई छोटो समयमा पात र डाँठसमेत खाएर नष्ट पारिदिन्छ । भारतको विभिन्न प्रान्त हुँदै नेपाल भित्रिएको सलह जुम्लामा पनि पसेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण