५ दिनपछि ओली–प्रचण्ड आज वार्ता, जुट्ला त सहमति ?
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मंगलबार वार्ता हुने भएको छ । ओली प्रचण्डबीच गत बुधबारयता वार्ता हुन सकेको छैन । गत बुधबार बिहीबार बस्नेगरी छुटेका दुई बिहीबार बस्दै नबसी शुक्रबारको स्थायी समिति बैठक स्थगित गरेका थिए ।
बाढी पहिरोका कारण एक साताका लागि बैठक स्थगित गरेर नेकपाले नेता कार्यकर्तालाई राहत तथा उद्धारमा केन्द्रीत रहन निर्देशन दिएको थियो ।
त्यसलगत्तै शनिबार अध्यक्ष प्रचण्ड चितवन गएर सोमबार काठमाडौ फर्केका छन् ।
गत असार १० गतेबाट जारी सो पार्टीको स्थायी समिति बैठकमा ओलीलाई प्रधानमन्त्री तथा अध्यक्ष दुवै पदबाट राजीनामा मागिएपछि पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको थियो ।
जसले पार्टी नै विभाजनको संघारमा पुगेको भन्दै नेताहरुले दुई नेतालाई सम्बादमार्फत निकास खोज्न दवाव दिँदै आएका छन् ।
सोही अनुसार ओली र प्रचण्डबीच पटक पटक वान टु वान वार्ता भएपनि ओली कुनै हालतमा राजीनामा दिन तयार भएका छैनन् । बहुमत स्थायी समिति सदस्यको मागविपरित ओलीले अडान नछाडेपछि विवाद थप पेचिलो बन्दै आएको थियो ।
गत बुधबारबार दुई नेताबीच भएको वार्तापछि दुवै नेताबीच पुन अर्को वार्ता नहुनु र त्यसपछि दुवै नेताले दिएका अभिव्यक्तिले उनीहरुबीच कुनै गोप्य सहमति भएको हो कि ? भन्ने आशंका समेत हुन थालेको छ । चितवन पुगेर प्रचण्डले दिएको अभिव्यक्ति र देशवासीका नाममा ओलीले दिएका अभिव्यक्तिले उनीहरुबीच कुनै सहमति भएको हो कि ? भन्ने आशंकालाई बल पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सातामा ५२ अङ्कले घट्यो सेयर बजार, लगानीकर्ताले गुमाए ८७ अर्ब
-
फेवातालबाट भारतीय युवकको उद्धार
-
नेपाल र भारत ‘ए’ बिच टी–२० क्रिकेट शृङ्खला तय, यस्तो छ खेल तालिका
-
सरकार नागरिकको जीवन रक्षाभन्दा सोसल मिडिया म्यानेजमेन्टमा व्यस्त: सचेतक राई
-
गणेश नेपालीको मृत्युबारे निष्पक्ष छानबिन र दोषीमाथि कारबाही गर्न नेकपाको माग
-
इचङ्गुनारायणको अपार्टमेन्टमा राखिएका सुकुमबासीलाई पाँच दिनदेखि न खाना, न पानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण