मेलम्चीको बाँध फुट्दा इन्जिनियरसहित दुई बेपत्ता, दुई जना घाइते
मङ्गलबार, ३० असार २०७७, १४ : ५६
काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको बाँधस्थलको १७ नम्बर गेट भत्किँदा सिन्धुपाल्चोकमा एक इन्जिनियरसहित २ जना बेपत्ता भएका छन् ।
बेपत्ताको खोजीकार्य जारी रहेपनि हालसम्म फेला नपरेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले रातोपाटीलाई जानकारी दिए । उनले बेपत्तामा एक इन्जिनियर र एक चालक रहेको भन्दै खोलामा बगेर बेपत्ता भएका उनीहरुको खोजीकार्य जारी रहेपनि हालसम्म फेला पर्न नसकेको बताए ।
यस्तै घटनामा घाइते भएका दुई जनालाई उपचारका लागि काठमाडौं पठाइएको उनले बताए । आयोजनाको सुरुङमा पठाइएको पानीको अवस्था हेर्नका लागि जाँदा एकाएक बाँधको १७ नम्बर गेट भन्किन पुगेको थियो । सो क्रममा एउटा गाडी समेत बगाएकाे छ ।
केही दिनअघि मात्रै मेलम्ची आयोजनाको सुरुङमा पानी राखेर परीक्षणको काम भइरहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण