सिभिल मलका व्यापारीको प्रदर्शन, भाडा छुट दिन माग
बुधबार, ३१ असार २०७७, १४ : १९
काठमाडौं । सिभिल मलका व्यापारीहरुले लकडाउन अवधिको पूरै भाडा छुट गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेका छन् । सिभिल मलका व्यापारीहरु लकडाउन अवधिको भाडा छुट दिनुपर्ने माग गर्दै मल सञ्चालक विरुद्ध आन्दोलनमा उत्रिएका छन् ।
सिभिल मल व्यापार संघका उपाध्यक्ष धनबीर श्रेष्ठले लकडाउन अवधिको पुरै भाडा छुट गर्नुपर्ने माग गर्दै १० दिन यता प्रदर्शन गरिरहेको बताए ।
उनले मल सञ्चालकले वार्ताका लागि अहिलेसम्म नबोलाएको र सञ्चालकसँग समझदारी नहुँदा सम्म आन्दोलनलाई जारी राख्ने बताए ।
व्यापारीहरुले लकडाउन अवधिभर पसल खोल्न नपाएको भन्दै उक्त अवधिको पूरै भाडा छुट दिनुपर्ने बताएका छन् । उनीहरुले लकडाउन खुलेपछि पनि व्यापार नभएकाले भाडा तिर्न नसक्ने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण