हवाई शुल्क तोकिएभन्दा बढी लिए कार्बाही गर्छौं: नेपाली दूतावास, युएई
युएई । नेपाली दूतावास युएईले कोभिड–१९ का कारण समस्यामा परी बिभिन्न एयरलाइन्समार्फत चार्टर्ड उडानबाट स्वदेश फर्किन लागेका र फर्किएका नेपालीहरुलाई तोकिएभन्दा बढी हवाई भाडा लिइएको प्रमाण फेला परेमा कानूनी कारबाही गर्ने बताएको छ।
बुधबार एक सूचना जारी गर्दै दूतावासले चार्टर्ड उडानको टिकट किनबेचको क्रममा तोकिएको हवाई भाडादर भन्दा धेरै रकम लिएर टिकट किनबेच भएको भन्ने गुनासो दूतावासलाई प्राप्त भएको र त्यसमा दूतावासको ध्यानाकर्षण भएको बताएको हो।
सरकारले चार्टर्ड उडानका लागि नेपाल एयरलाइन्सको दुबईबाट काठमाडौंको लागि अमेरिकी डलर ३६० अर्थात (१३ सय २० दिराम),हिमालय एअरलाइन्सको ३८५ अमेरिकी डलर अर्थात (१४ सय २० दिराम) र अन्य एयरलाइन्सको हकमा सम्बन्धित एयरलाइन्सले तोकेअनुसार हवाईभाडा निर्धारण गरेको जनाउँदै युएईबाट नेपाल फर्किनुपर्नेहरुले टिकट लिनुअघि राम्रोसँग बुझेर सम्बन्धित एयरलाइन्सको आधिकारिक बिक्रेतासँग मात्रै हवाई टिकट खरिद गर्न दूतावासले सूचित गरेको छ।
कोरोना भाइरसको महामारीका कारण बिदेशमा अलपत्र परेर स्वदेश फर्किन लागेका नेपालीहरुसँग अनधिकृत रूपमा तोकिएको मूल्यभन्दा बढिमा टिकट बिक्री गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने दूतावासद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।
चार्टर्ड उडानमार्फत स्वदेश फर्किन लागेका नेपालीहरुलाई विभिन्न ट्राभल्स एजेन्सी र बिचौलियाहरुले तोकिएको मूल्यभन्दा धेरै रकम लिएर टिकट बिक्रि गरेको र कतिले दूतावासको एकीकृत नामावलीमा आफ्नो नाम हुँदा समेत नेपाल जान नपाएको भन्दै सामाजिक सञ्जालमार्फत गुनासो समेत गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण