इरानको कुर्दिस्तानमा आक्रमण, २ जनाको मृत्यु
बिहीबार, ०१ साउन २०७७, १४ : ०५
तेहरान । इरानको पश्चिमी प्रान्त कुर्दिस्तानमा “प्रतिक्रान्तिकारी समूह”को आक्रमणमा दुई व्यक्तिको मृत्यु हुनुका साथै एक जना घाइते भएका छन् ।
इरानी समाचार संस्था इर्नाले बुधबार राति आतंकवादी आक्रमणमा दुई जनाको मृत्यु भएको जनाएको छ । इरानी क्रान्तिकारी गार्डले प्रकाशन गरेको वक्तव्यमा बोल्बार गाउँनजिक उक्त आक्रमण भएको उल्लेख छ । तर आक्रमणमा जिम्मेवार समूहको नाम भने उल्लेख गरिएको छैन ।
विगत ४० वर्षभन्दा बढीदेखि इरानले कुर्दिस लडाकूसँग संघर्ष गरिरहेको छ । कुर्दिस लडाकूहरुले छिमेकी मुलुक इरानको कुर्दिस्तानमा आधार खडा गरी इरानी सेना र इरानी कार्यालयहरुमाथि आक्रमण गर्ने गरेका छन् । –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण