अब दस मिनेटमै कर दाखिला गर्न सकिने
काठमाडौं – साना करदाताले अबदेखि बढीमा १० मिनेटमै आय विवरण र कर दाखिला गर्न सक्ने भएका छन् । कर दाखिला प्रक्रियामा रहेको झन्झट कम गर्न आन्तरिक राजस्व विभागले विकास गरेको उक्त प्रणालीमार्फत करदाताले नजिकैको बैङ्कमार्फत नै कर र आय विवरण दाखिला गर्न पाउने सुविधा उपलब्ध छ ।
चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो दिन सुरु गरिएको यो प्रणालीमा वार्षिक २० लाखसम्म कारोबार र दुई लाख रुपियाँसम्म आय भएका साना करदाता सहभागी हुन पाउनेछन् ।
महालेखा नियन्त्रक कार्यालय, नेपाल राष्ट्र बैङ्क र राजस्व असुल गर्ने बैङ्क सँगको समन्वयमा विभागले निर्माण गरेको उक्त सफ्टवेयरमा करदाताको आय र कर विवरण दाखिला गरेपछि प्रणालीले नै स्वतः करको हिसाबकिताब गरेर बक्यौता रहे नरहेको जानकारी तथा बक्यौता नरहेको अवस्थामा कर चुक्ता प्रणाली जारी गर्न सक्ने व्यवस्था गरिएको छ ।
साना करदाताको हकमा यो प्रणालीमा सहभागी हुन विभागले जारी गरेको आय विवरण तथा कर दाखिला फारम भने भर्नु पर्नेछ । उक्त फारममा करदाताले आफ्नो स्थायी लेखा नम्बर, आय वर्ष, कारोबार रकम र कट्टी हुने रकम, आफ्नो नाम, दस्तखत र मोबाइल नम्बर भने उल्लेख गर्नु पर्नेछ ।
यसरी करदाताले उपलब्ध गराएको उक्त फारमका आधारमा बैङ्कले विभागले तयार गरेको प्रणालीमार्फत तत्काल नै कर बक्यौता रहे नरहेको जानकारी, बक्यौता रहे तत्काल नै तिर्न सक्ने व्यवस्था र कर चुक्ता प्रणाली करदाताका लागि उपलब्ध गराउन सक्नेछ । यो प्रणालीमा करदाताले अबदेखि एक पटकमा एकभन्दा बढी आय वर्षको आय विवरण र कर दाखिला पनि गर्न सक्नेछन् । यो समाचार आजको गोरखापत्र दैनिकमा विश्वास रेग्मीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण