संसारका सर्वाधिक बिक्रि भएका १० फोन
नोकिया 1100:
यो संसारको सबैभन्दा बिक्री भएको फोन हो । सन् २००३ मा सार्वजनिक भएको हो र यसको २५ करोड बढी युनिट्स बिक्री भएको हो ।
नोकिया 1110:
दोस्रो सर्वाधिक बिक्री भएको फोन पनि नोकियाकै हो । अहिलेसम्म लगभग २५ करोड फोन बिक्रि भएका छन् ।
एप्पल आइफोन 6:
यो सूचीको तेस्रो नम्बरमा एप्पलको आइफोन सिक्स र सिक्स प्लस हुन् । यसको २२ करोड भन्दा बढी युनिट्स बिक्रि भएका छन् ।
नोकिया 105:
नोकिया १०५ को २० करोडभन्दा बढी फोन बिक्रि भएका छन् । यो फोनलाई सन् २०१३ मा लञ्च गरिएको थियो ।
नोकिया 3210:
नोकिया ३२१० का १६ करोड बढी बिक्रि भएको छ । यो सन् १९९९ मा लञ्च गरिएको थियो । यो फोन बलियो भएको कारण सफल रह्यो ।
नोकिया 6600:
यो फोन आफ्नो डिजाइन र क्यामराका कारण चर्चित रह्यो । सन् २००३ मा रिलिज भएको यो फोनको १५ करोड युनिट बिक्रि भएको थियो ।
नोकिया 5230:
यो नोकियाको टच स्क्रिन मोबाइल थियो यो फोनमा २ एमपीको क्यामरा र १२८ एमबीको र्याम थियो । यो फोन १५ करोड बढी बिक्रि भयो ।
सामसङ E 1100:
नोकिया फोनजस्तै यो पनि बलियो भएका कारण चर्चित रह्यो । सन् २००९ मा सार्वजनिक भएको यो फोनको १५ करोड युनिट्स बिक्रि भयो ।
नोकिया 2600:
यो फोनको बडी निकै बलियो थियो । यो सन् २००४ मा सार्वजनिक भयो । यसको १३.५ करोड बढी युनिट्स बिक्रि भएको छ ।
मोटोरोला RAZR V3:
यो सबैभन्दा धेरै बिक्रि भएको फ्लिप फोन हो । यसको १३ करोडभन्दा बढी युनिट बिक्रि भएको छ । कम्पनीले यसको नयाँ मोडल पनि सार्वजनिक गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण