तेस्रो विश्वयुद्धमाथि बन्न लागेको फिल्ममा दीपिका पादुकोण र प्रभासको जोडी
फिल्म ‘छपाक’ र ‘८३’ पछि अब दीपिका पादुकोण एउटा ठूलो फिल्मको हिस्सा बन्न लागेकी छिन् । यो नयाँ प्रोजेक्टमा उनीसँग बाहुबली प्रभास देखिनेछन् । दीपिका र प्रभास पहिलो पटक सँगै पर्दामा देखिन लागेका हुन् । नाग अश्विनको साइन्स फिक्सन फिल्म तेस्रो विश्वयुद्धको कहानीमा आधारित हुनसक्ने अनुमान छ । यो फिल्म सन् २०२१ को अप्रिलदेखि सुरु गरिनेछ ।
साउथ सिनेमाको चर्चित प्रोडक्सन हाउस विवायजयन्ती मुभिज चाँडै नै आफ्नो ५० वर्ष पूरा गर्ने तयारीमा छ । यो विशेष मौकामा प्रोडक्सनले दुई ठूला सुपरस्टार दीपिका पादुकोण र प्रभासलाई सँगै ल्याउने निर्णय गरेको छ ।
Deepika Padukone, welcome on board! Thrilled to have you be a part of this incredible adventure. #Prabhas @deepikapadukone @nagashwin7#Prabhas21 #DeepikaPrabhas pic.twitter.com/PLdgPT6igz
— Vyjayanthi Movies (@VyjayanthiFilms) July 19, 2020
विवायजयन्ती प्रोडक्सन हाउसले यो कुराको घोषणा ट्वीटरमा गरेको छ । यसमा लेखिएको छ, ‘दीपिका पादुकोण वेलकम अनबोर्ड । तपाईंलाई यो अद्भूत एड्भेन्चरको हिस्सा बनाएर हामी निकै उत्साहित छौं ।’ फिल्म प्रभास २१ लाई नाग अश्विनले निर्देशन गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण