शाओमीको मी राउटर ४सी नेपालमा, पहिलो स्मार्ट राउटर सार्वजनिक गरेसंगै देशमा फोर्टफोलियो विस्तार
काठमाडौं । शाओमी ग्लोबल टेक्नोलोजी लिडरले आज नेपालमा मी राउटर ४सी सार्वजनिक गरेको छ । मी राउटर ४सी का साथ, शाओमीले आज देशको अन्य श्रेणीमा प्रवेश गरेको छ । यो नेपालमा पहिलो स्मार्ट राउटर हो जुन उपयोग, गति र दायराको सजिलोका लागि अनुकूल छ र स्मार्टफोनमा भएको स्मार्ट मी वाई—फाई एपबाट पहुँच गर्न सकिन्छ ।
प्रत्येक घरको सेटिंगमा मिल्ने आधुनिक डिजाइनको विशेषता भएको मी राउटर ४सी तपाईंको लागि उचित होम नेटवर्क कनेक्सन हो । यो विशाल घरको सबैतिर मजबुत र स्थिर सिग्नल प्रवाह गर्न ४उच्च—लाभ बाह्य एन्टेनाले सुसज्जित छ । यसको साथै, ८०२.११एन वाई—फाई टेक्नोलोजीद्वारा सक्षम मी राउटर ४सी अधिकतम ३००एमबीपीएस को नेटवर्क गतिसम्म पुग्न सक्दछ ।

यसमा भएको डुअल कोर सीपीयू र ६४एमबी ठुलो ¥यामले ३२ वटा डिभाइससम्म छिटो र स्थिर कनेक्सन सुनिश्चित गर्दछ । मी वाई—फाई एपमार्फत, प्रयोगकर्ताले सजिलै यो उपकरण सेटअप गर्न सक्दछन् र प्यारेन्टल कन्ट्रोल र गेस्ट नेटवर्क सेटिंग जस्ता स्मार्ट फंग्क्शन एरेमा पहुँच गर्न सक्दछन् ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भन्नुभयो, “हामी नेपालमा गैर—स्मार्टफोन उत्पादनहरु भित्र्याउन र यसै प्रकृयामा सबैलाई नवीनतम प्रविधि ल्याउँन प्रतिबद्ध छौं । देशमा द्रुर्त वृद्धि भइरहेको इन्टरनेट जनसंख्याका साथ हामीले वर्तमान राउटर बजारमा केहि कमी देख्यौं । आकर्षक विशेषता र गेम परिवर्तन गर्ने मुल्यका साथ मी राउटर ४सी ले नेपालको राउटर बजारमा परिवर्तन ल्याउने छ ।”
मी राउटर ४सी रु २३९९ मुल्यमा आजदेखि सबै मी प्रिफर्ड् पार्टनरहरु, मी अफलाइन स्टोर, रिटेल पार्टनर र अनलाइन पार्टनर सस्तोडिलमा खरिदका लागि उपलब्ध हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ एआई कम्पनीमाथि अमेरिकी प्रतिबन्धको चेतावनी अनावश्यक: चीन
-
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु
-
अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा
-
चरित्रहत्याको प्रयासविरुद्ध कथावाचिका राधिका दासीको आक्रोश: निष्पक्ष अनुसन्धान र न्यायको माग
-
१२ बजे १२ समाचार: मंगलबार देशभर ओपीडी बन्द, डा. केसीले तोडे अनशन, नेपाल नामिबियासँग पराजित
-
भोलि देशभर ओपीडी बन्द गर्ने नेपाल चिकित्सक संघको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण